बालविकास केन्द्रका सकासँग शैक्षिक अन्तरक्रिया तथा किट्स वितरण कार्यक्रम साँफेबगरमा सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

साफेबगर नगरपालिकामा बालविकास केन्द्रका सहजकर्तासँग शैक्षिक अन्तरक्रिया तथा किट्स वितरण कार्यक्रम सम्पन्न भएको छ । शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख हिरादत्त भट्टको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख कुल बहादुर कुवर प्रमुख अतिथी रहनु भएको थियो ।

Samajik New Add 2082

प्रमुख अतिथी नगर प्रमुख कुवरले नगर भरिका २२ वटा विद्यालयका बाल बिकास केन्द्रका सहजकर्तालाई शैक्षिक किट्स वितरण गर्नुका साथै सामाजिक विकास कार्यालय मंगलसनले प्रदान गर्ने पुरुस्कारका लागी साँफेबगर नगरपालिका क्षेत्रबाट उत्कृष्ट ५ वटा बालविकास केन्द्रका सहजकर्तालाई प्रोत्साहन पुरस्कार हस्तान्तरण गर्नु भएको थियो ।

Mellekh RM1
Saud Agro Kailash

सोही अवसरमा नगर प्रमुख कुवरले कोभिड १९ को बेला अनलाईन शैक्षिक गतिविधिमा सेतो गुरास संस्थाले पुरयाएको महत्वपूर्ण योगदानका लागि धन्यवाद सहित अनलाईन गतिविधिमा बालविकास केन्द्रका सहजकर्ताहरुलाई सक्रिय सहभागिता भए बाफत कदर पत्र, प्रसंशा पत्र र सहभागितालाई का प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी नगरप्रमुख कुवरले बालबिकास केन्द्रका सहजकर्ताले आफ्नो क्षेत्रबाट अथक मेहनत गर्न आग्रह गर्नु भयो । भबिष्यको कर्णधार बालविकास केन्द्रबाट उत्पादन हुने भएकाले सहजकर्ताले आफ्नो जिम्मेवारी पुर्ण रुपमा बहन गर्नु पर्ने बताउनु भयो ।

नगरपालिकाको शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा भएको कार्यक्रमको संञ्चालन शिक्षा शाखाका प्राविधिक सहायक शंकर खनालले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.