संयूक्त मोर्चा अछामद्धारा एमसीसी विरुद्ध नारावाजी सहीत प्रशासन घेराउ

Purnima Mobile
Kirci Gyan Kendra
Saud Agro Kailash

नेपाल कम्युनिस्ट पार्टी विप्लव, नेकपा क्रान्तिकारी र नेकपा एकिकृत समाजबादी निकट विद्यार्थी संगठनको रणनैतिक संयूक्त मोर्चाको आयोजनामा अछाम सदरमुकाम मंगलसेन बजार परिक्रमा सहित जिल्ला प्रशासन कार्यालय अछाम घेराउ गरिएको छ । राष्ट्रघाती सम्झौता एमसीसी खारेज हुनुपर्ने माग राख्दै आज प्रशासान कार्यालय घेराउ गरिएको बताइएको छ । सम्मीलित संयूक्त मोर्चाले नेपाल र नेपाली जनताको हित विपरित आएको यो सम्झौता लाई संसदबाट अनुमोदन गराउने फोहोरी खेल सुरु भएको भन्दै यसको खारेजिका लागी दबाब स्वरुप यो कार्यक्रम गरिएको माओबादी क्रान्तिकारीका अछाम जिल्ला सचिब शिबराज बजगाँईले जानकारी दिनुभयो ।

आज दिउँसो मंगलसेन बजार परिक्रमा गर्दै प्रशासन कार्यालय पुगेर कोणसभामा परिणत भएको कार्यmममा पार्टिका नेता तथा कार्यक्रताको सहभागीता रहेको बताइएको छ । यो सम्झौताको बिषयमा आम नेपाली नागरिकहरुले विरोध गर्दापनि संसदमा लगेर जबरजस्ति अनुमोदन गराउन खोजिएको भन्दै आगामी दिनहरुमा पनि यसका विरुद्ध सशक्त विरोधका कार्यक्रमहरु सञ्चालन गर्ने पनि संयूक्त मोर्चाले जनाएको छ ।

यसैबिच नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारी जिल्ला कमिटी अछामको आयोजनामा प्रदशन गर्नुका साथै रास्ट्रघाती जिल्ला प्रशासन कार्यलय अछाममा प्रमुख जिल्ला अधिकारी बिश्वराज मरासनी लाई ज्ञापनपत्र बुझाईएको हो । एमसीसी राष्ट्रघाति भएको भन्दै उनिहरुले ज्ञापनपत्र बुझाईएको बताईएको छ । अखिल क्रान्तिकारी प्रदेश कमिटी उपाध्यक्ष बैजन्ती कुवरको नेतृत्वमा ज्ञापनपत्र बुझाईएको हो ।

ज्ञापनपत्र हस्तान्तरण कार्यक्रममा अखिल क्रान्तिकारी जिल्ला उपाध्यक्ष कमल थापा, जिल्ला उपाध्यक्ष पंकज साउद, पुजा बुढा, रबिन्द्र साउद, रमेश खड्का लगायतको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.