अछाममा लाेकसेवा र शिक्षक सेवा आयाेग तयारी कक्षाको उदघाटन

Kirci Gyan Kendra

अछाममा महिलाहरुका लागि लाेकसेवा र शिक्षक सेवा आयाेग तयारि कक्षाको एक कार्यक्रमका बिच उदघाटन गरिएको छ ।
सामाजिक विकास कार्यालय अछामकाे आयाेजनामा भएको तालिमको सुदुरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री मना कुमारी साउदले उदघाटन गर्नु भएको हो ।

Samajik New Add 2082

जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरको अध्यक्षतामा भएको कार्यक्रममा सुदुरपश्चिम प्रदेश सभा सदस्य अम्बि कुमारी थापा बिशिस्ट अतिथि रहनु भएको थियो ।

Saud Agro Kailash

उदघाटन कार्यक्रममा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, प्रमुख जिल्ला अधिकारी बिश्वमाेहन मरासेनी, मंगलसेन नगरपालिका प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर साेडारी, महिला वालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मन्जु महत, पत्रकार शिवराज ढुंगाना अतिथि रहनु भएको थियो ।

सामाजिक विकास कार्यालय अछामका कर्मचारी प्रेम वहादुर महराले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको संचालन कृष्ण उपाध्यायले गर्नु भएकाे थियो । तालिममा लोक सेवामा लागि ४६ जना र शिक्षक सेवामा २९ जनाले निवेदन दर्ता गराएका छन ।

मंगलसेनमा संचालन हुने कक्षामा लोक सेवा आयोग तिरका कक्षाको अवधि ३० दिन दैनिक २ कक्षाको अवधि गरि १५ दिन र शिक्षक सेवा आयोगका लागि सहायक स्तर चौथो / पाँचौ (अप्राविधिक) तह निम्न माध्यामिक तह प्रथम पत्र तहमा ६० कक्षा संचालन हुने बताईएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.