प्रतिनिधिसभा बैठक बस्दै, एमसीसीमाथि छलफल

प्रतिनिधिसभा बैठक शुक्रबार पुनः बस्दैछ । दिउँसो १ बजेका लागि बोलाइएको बैठकमा एमसीसीमाथि छलफल हुने कार्यसूची छ । संघीय संसद सचिवालयले बिहीबार सार्वजनिक गरेको शुक्रबारको बैठकको सम्भावित कार्यसूचीको दोस्रो नम्बरमा एमसीसीमाथि छलफल हुने उल्लेख गरिएको छ ।

Everest Incitute

‘अर्थमन्त्री जनार्दन शर्माले नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बीच भएको अनुदान सहायता सम्झौतामाथि सामान्य छलफल गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्नुहुने,’ कार्यसूचीमा उल्लेख छ ।

यसअघि बिहीबार तय भएको बैठक स्थगित भएको थियो । बैठक स्थगित भएपछि नेताहरु छलफलमा जुटेका थिए । यो बीचमा काँग्रेस–एमाले तथा एमाले–माओवादीबीच पनि छलफल भएको छ । छलफलबाट काँथ्रे–एमाले नजिकिएका छन् ।

-ratopati

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.