स्वास्थ्य सेवा कार्यक्रमको प्रगति विवरण वारे जिल्ला स्थित संचारकर्मिसँग अन्तरक्रिया

Samajik Bal biwaha

स्वास्थ्य कार्यालय अछामले स्वास्थ्य सेवा कार्यक्रमको प्रगति विवरण सहित जिल्ला स्थित संचारकर्मिसँग अन्तरक्रिया गरेको छ । सहि सुचना र सन्देशहरु समुदायमा प्रवाह गरी स्वास्थ्य सम्बन्धी चेतना एवम ज्ञान र सिप अभिबृद्धि गरि स्वस्थ व्यावहारमा अभिप्रेरित गर्न संचारकर्मिसँग अन्तरक्रिया गरिएको हो ।

चालू आर्थिक वर्षको साउन महिना देखि हालसम्म स्थानीय स्तरमा स्वास्थ्य कार्यालय अछाम मार्फत भएका कार्यक्रमका बारेमा पत्रकारहरुलाई जानकारी गराईएकाे थियाे । स्वास्थ्य कार्यालय अछामका प्रमुख झनकराज ढुगांनाले जिल्लाका ३ ठाउका आँखा शिविर संचालन गर्दा नागरिकलाई ठुलो राहत भएको साे अवसरमा जानकारी गराउनुभयाे ।

जिल्लाको मंगलसेन, बयालपाटा र कमलबजारमा भएको आँखा शिविररमा जम्मा २ हजार २४६ जनाले सेवा पाएका बताउनु भयो ।
आगामी दिनमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिईने बताउनु भयो । कोभिड १९ विरुद्धको खोप अभियान अन्तर्गत जिल्लाको लक्ष्य अनुसार प्रगति हासिल भएको उहाँले पत्रकारहरुलाई जानकारी गराउनु भयो ।

Mangalsen Mun Anurodh

जिल्लामा १२ बर्ष माथिका १ लाख ३७ हजार ५ सय ५० ब्यक्तिले खोप लगाईसकेका तथ्यांक प्रस्तुत गरिएको थियाे । नागरिकको दैनिक ब्याबहार परिवर्तनका लागि संचारमाध्यामको भुमिका महत्त्वपूर्ण हुने भएकाले सबै सञ्चार माध्ययमबाट सूचना सन्देशकाे प्रकाशन, प्रशारणलाई थप प्रभावकारी बनाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।

अन्तरक्रियामा स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुगांनाले स्वास्थ्य क्षेत्रमा भईरहेका उपलब्धिहरुलाई संचारकर्मिको तर्फबाट जहिले पनि सकारात्मक सहयोग हुँदै आएकाे बताउनुभयो । आगामि दिनमा समेत स्वास्थ्यका कार्यक्रमलाई प्राथमिकतामा राखिदिन उहाँले आग्रह गर्नु भयो ।

अन्तरक्रियामा पत्रकार महासंघ सुदुरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुवर, जिल्ला अध्यक्ष खम्म खत्री, सचिव पूर्ण बहादुर खडका लगाएत जिल्ला स्थित विभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकारहरुको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.