निजामती कर्मचारी संगठन अछामको ११ औं जिल्ला अधिवेशन उदघाटन गरियो

Kirci Gyan Kendra

नेपाल निजामती कर्मचारी संगठन अछामको ११ औं जिल्ला अधिवेशन उदघाटन समारोह सुरु भएको छ । संगठनका जिल्ला अध्यक्ष चन्द्र प्रसाद ढुगांनाको अध्यक्षतामा सुरु भएको अधिवेशनको उदघाटन ब्यानर बाचन गरेर प्रमुख अतिथि नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्यायले ब्यानर बाचन गरेर उदघाटन गर्नु भएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य नरेन्द्र बहादुर शाह र नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष नर बहादुर रावल बिशिस्ट अतिथि रहनु भएको छ । अछाम बहुमुखी क्याम्पसको हलमा जारी उदघाटन समारोहमा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य बिन्दु रावल, लक्ष्मी बोगटी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, प्रगतिशील प्राध्यापक संघमा धुब्र कुमार शाही,  अधिवक्ता कृष्णप्रसाद ढुगांना, प्रेस चौतारी जिल्ला कोषाध्यक्ष कमल कुमार रावल, प्रदेश प्रतिनिधि पवन खत्री, गैसस अछामका सदस्य टेक बहादुर खडका, शिक्षक संगठनका धन कुमार केसी, संगठनका प्रतिनिधि उमाकान्त जोशि, प्रभुनाथ देवकोटा, विष्णुप्रसाद जैसी, दुर्गाप्रसाद जैसी लगाएतका अतिथि रहनु भएको छ ।

उदघाटन समारोहका अतिथिले शुभकामना मन्तव्य राख्ने क्रम जारी रहेको छ । नेपाल स्वास्थ्यकर्मि संघ अछामका उपाध्यक्ष जमुना बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन झनक अधिकारीले गरिरहनु भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.