जैसीको अध्यक्षमा १७ सदस्यिय निजामती कर्मचारी संगठन अछामको नयाँ नेतृत्व चयन

नेपाल निजामती कर्मचारी संगठन अछामको ११ औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिएको छ । उदघाटन पछी भएको बन्दसत्रले मंगलसेन नगरपालिकामा कार्यरत नायब सुब्बा विष्णु प्रसाद जैसीको अधयक्षतामा १७ सदस्यिय जिल्ला कमिटी सर्वसम्मत चयन गरेको हो ।

जसमा उपाध्यक्ष खुल्ला हिमाल खडका, महिला तुलसी साँउद, सचिव झनक अधिकारी, सहसचिव दुर्गा जैसी, कोषाध्यक्ष हिक्मत बहादुर नेपाली लगाएतका सदस्य चयन भएको निर्वाचन कमिटीका सदस्य धुब्र कुमार शाहीले जानकारी दिनु भयो ।
त्यसैगरि मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलको अध्यक्षतामा ७ सदस्यिय राष्ट्रसेवक बचत तथा ऋण सहकारी संस्था समेत गठन गरिएको छ ।

निजामती संगठनको अन्य सदस्यमा कृष्ण प्रसाद जैसी, नृप बहादुर बुढा, दिपक खडका, विष्णु प्रसाद भण्डारी, चक्र बहादुर बयक, खण्टी रिमाल ढुगांना, मिना रावल भण्डारी, सृजना कठायत, भगिसरा थापा सोडारी, दिलमाया थापा र हिक्मत धामी रहेका छन ।
त्यसअघी निवर्तमान चन्द्र प्रसाद ढुगांनाको अध्यक्षतामा भएको उदघाटन कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी सदस्य तथा मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय प्रमुख अतिथी रहनु भएको थियो ।
नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य नरेन्द्र बहादुर शाह र नेपाल राष्ट्रिय शिक्षक संगठन सुदुरपश्चिम प्रदेश समिति अध्यक्ष नर बहादुर रावल बिशिस्ट अतिथि रहनु भएको छ ।
उदघाटन समारोहमा मंगलसेन नगरपालिका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, नेकपा एमाले जिल्ला कमिटी सदस्य बिन्दु रावल, लक्ष्मी बोगटी, नेपाल निजामती कर्मचारी संगठनका केन्द्रीय सदस्य मन्जु महत, प्रेस चौतारी जिल्ला कोषाध्यक्ष कमल कुमार रावल, गैसस अछामका सदस्य टेक बहादुर खडकाले शुभकामना मन्तव्य राख्नु भएको थियो ।
नेपाल स्वास्थ्यकर्मि संघ अछामका उपाध्यक्ष जमुना बोहराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन झनक अधिकारीले गरिरहनु भएको छ ।![]()
![]()
![]()
![]()





