जन्मदिनको अवसरमा पत्रकार भण्डारीद्धारा “सुशील शैक्षिक नामक अक्षयकाेष” स्थापना

Samajik Bal biwaha

पत्रकार सुशील भण्डारीले आफ्नो २४ औं जन्म दिनको अवसरमा अक्षयकोषको स्थापना गर्नु भएको छ । आफुले अध्ययन सुरुवात गरेको मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनको मालिका आधारभुत विद्यालयमा २६ हजार ६ सय आर्थिक रकमको “सुशील शैक्षिक नामक अक्षयकाेष”  स्थापना गर्नु भएको हो ।

एक कार्यक्रमका बिच पत्रकार भण्डारीले विद्यालयका प्रअ भक्तराज ढुंगानालाई २६ हजार ६ सय चेक हस्तान्तरण गर्दै संरक्षक बनेर अक्षयकोष स्थापना गर्नु भएको हो । अक्षयकोषको रकमबाट विद्यालयका गरिब, विपन्न, असहाय, सिमान्तकृत बाल बालिकाको शैक्षिक सुधारमा टेवा पुगोस भन्दै जन्म दिनमा हुने फजुल खर्चलाई रोक्दै अक्षयकोष स्थापना गरेको भण्डारीले बताउनु भयो ।

Mangalsen Mun Anurodh

विद्यालय ब्याबस्थापन समिति अध्यक्ष हेमराज भण्डारीको अध्यक्षतामा भएको कोष स्थापना कार्यक्रममा मंगलसेन नगरपालिका वडा नम्बर ६ का अध्यक्ष जनकराज भण्डारी प्रमुख अतिथि रहनु भएको थियो । प्रमुख अतिथि भण्डारीले आफ्नो शुभ कामको दिनमा सामाजिक कार्य गरेकोमा भण्डारीलाई धन्यवाद ब्यक्त गर्नु भयो । आगामी दिनमा समेत सामाजिक अभियानमा निरन्तर अघि बढन आग्रह गर्नु भयो ।

कोष स्थापना कार्यक्रममा वडा सदस्य देबेन्द्र प्रसाद भण्डारी, विद्यालयका संस्थापक टंकप्रसाद भण्डारी, विद्यालयका सदस्य सुवानाथ भण्डारी, शिक्षक अभिभावक संघ अध्यक्ष गोबिन्द सोब, पत्रकार कमल रावल, विक्रम परियार, शंकर थापा र बाल क्लबका अध्यक्ष अनिता नेपाली अतिथि रहनु भएको थियो ।

विव्यस सदस्य भवानि भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन सहायक प्रअ टेकराज भण्डारीले गर्नु भएको थियो ।
कार्यक्रमका अतिथि सबैले भण्डारीलाई जन्म दिनको अवसरमा शुभकामना आदानप्रदान गरेका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.