साफेबगर नगरपालिका शहरी बिकास कार्यक्रममा छनोट

Kirci Gyan Kendra

केन्द्रिय सरकारले सघन शहरी बिकास कार्यक्रममा छ्नोट गरेका ४४ नगरपालिका मध्ये अछामको साफेबगर नगरपालिका पनि छ्नोट भएको छ । साफेबगर छनोट भएपछि प्राप्त हुने ५० करोड रकम नगरपालिकाका विभिन्न क्षेत्रमा संचालन गर्ने आयोजना कार्यपालिका बैठक प्रस्तावित सहित अघि सारिएको छ ।

Samajik New Add 2082
Saud Agro Kailash

साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवरको अध्यक्षतामा बसेकाे एघारौं कार्यपालिका बैठकले छिपेखोला वारिपारी १२ मिटर पक्की सडक निर्माण , लुग्रेलिगाड देखि बैजनाथ धाम , बयालपाटा बजार , एयरपाेर्ट छेउ बाट पुल बजार , जनकल्याण देखी एयरपोर्ट , ठाटी बजार ,डम्पिङ साइड निर्माण गर्ने निर्णय गरिएको छ ।

यस्तै हाटबजारमा नाली निर्माण, बसपार्क निर्माण, तारेकुना मिनि मार्केट सरु खेल्ने , जल्पादेबी , गणेशपाटन , कालालेकी, बयालपाटा खुलामञ्च , मोतिपुर , भिउढुङा , बिमकोट दरबार , घुघुरकोट दरबार , ढिक्केकोट , टौका , भगवती पार्क बनाउने र सिम्काथली , सुकदह , रानिसैन , जुम्लिगडा , नाइनी , तेलढोल्ने आम , कुपसैन र चुल्ठेमा पोखरी निर्माण गर्ने गरि बजेट प्रस्तावित भएको छ ।

त्यसैगरि नगर प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत भवन निर्माण गर्ने,अपांग ग र घ बर्गको तथ्यांक संकलन र १५ लाख बितरण गर्ने, जेष्ठ नागरिक देस दर्शन कार्यक्रम संचालन गर्ने तथा बिपन्न विद्यार्थी छात्रवृत्ति बितरण कार्यबिधी २०७८ निर्माण सहित यसबर्ष १० लाख बितरण गर्ने निर्णय गरिएको नगर प्रमुख कुवरले बताउनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.