विपद जोखिम न्युनिकरण सम्बन्धि क्षमता अभिवृद्धि तथा अन्तरक्रिया मंगलसेनमा सम्पन्न

Kirci Gyan Kendra

राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्याबस्थापन प्राधिकरण केन्द्र काठमाडौंले अछाममा विपदको अबस्थाको बारेमा छलफल गरेको छ । समग्र जिल्ला तथा १० वटै पालिकामा विपद जोखिमको अबस्था र समितिहरुको संक्रियताको बारेमा छलफल सहित जानकारी गराईएको थियो ।

Samajik New Add 2082

जिल्ला तथा स्थानिय तहका लागि विपद जोखिम न्युनिकरण सम्बन्धि क्षमता अभिवृद्धि तथा अन्तरक्रियाको रुपमा भएको कार्यक्रममा समग्र अछामको अबस्थाको बारेमा अछामका प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनीले जानकारी गराउनु भएको थियो । २०७८ साउन महिना पछि विपदमा ६ जनाको मानविय क्षति भएको प्रजिअ मरासेनीले जानकारी दिनु भयो । पहिरो, बाढि, चट्याङ, आगलागि, जंगलि जनावरको आक्रमण लगाएतका घटनाबाट ज्यान गुमाएका उहाँले बताउनु भयो ।

Saud Agro Kailash

यश अविधमा १० जना घाईते र ४५ पशुचौपाया समेत मरेका तथ्यांकमा उल्लेख रहेको छ । यसमा अवधिमा मृतकका आफन्त तथा घाईतले सरकारको तर्फबाट पाउनुपर्ने सबै राहत नागरिकलाई प्रदान भईसकेको प्रजिअ मरासेनीले जानकारी गराउनु भयो । त्यसै गरि छलफलमा अछाममा १० वटै स्थानियका प्रमुख प्रशासकीय अधिकृतले आ आफ्नो पालिकाको अबस्थाको बारेमा जानकारी गराएका थिए ।

जिल्ला समन्वय समिति अछामका प्रमुख नर बहादुर कुवरको प्रमुख आथित्यमा भएको कार्यक्रममा राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्याबस्थापन प्राधिकरण केन्द्र काठमाडौंका उपसचिव हिरा देवि पौडेलले समग्र रुपमा भएको कामको बारेमा जानकारी गराउनु भएको थियो ।
कार्यक्रममा साफेबगर नगरपालिका प्रमुख कुल बहादुर कुवर, मंगलसेन नगरपालिका उपप्रमुख सरिता उपाध्याय, कमलबजार नगरपालिका उपप्रमुख भुमिसरण ढकाल बजगाई, पन्चदेवल विनायक नगरपालिका उपप्रमुख अम्बिका चलाउने, तुर्माखाद गाउपालिमा अध्यक्ष पुष्पराज शर्मा, उपाध्यक्ष अमृता देवि बुढा, चौरपाटी गाउपालिका उपाध्यक्ष माया देवि कुवर, ढकारी गाउपालिका उपाध्यक्ष लक्ष्मि साउद लगाएतका सुरक्षा निकायका प्रमुख, सबै पालिकाका प्रशासकीय अधिकृत अतिथि रहनु भएको थियो ।

कार्यक्रमको संचालन राष्ट्रिय विपद जोखिम न्युनिकरण तथा ब्याबस्थापन प्राधिकरण केन्द्र काठमाडौँका शाखा अधिकृत गोमा पौडेलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.