महिला दिवसको अवसरमा ढकारीमा देउडा गित प्रतियोगिता हुने

जिल्लाको ढकारी गाउँपालिकामा महिला दिवसको अवसरमा देउडा गित प्रतियोगिता हुने भएको छ । महिला वालवालिका तथा जेष्ठ नागरिक शाखाको आयोजनामा महिला दिवसको अवसरमा महिला अधिकार सम्बन्धि दउडा प्रतियोगिता हुन लागेको हो ।

Everest Incitute

पालिमा भित्रका सबै महिला समुहले एक समुहमा ७ जना रहने गरि ५ मिनेटको देउडा प्रस्तुती प्रस्तुत गर्नका लागि फागुन २३ गतेभित्र गाउपालिकाको महिला बालबालिका तथा जेष्ठ नागरिक शाखामा समूह दर्ता गराईसक्नु पर्ने शाखा प्रमुख चाँदनी चन्दले बताउनु भयो ।

प्रतियोगितामा प्रथम हुने समुहलाई १० हजार, द्धितिय लाई ७ हजार, तृतीयलाई ५ हजार र सान्त्वना समुहलाई २ हजार पुरुस्कार प्रदान गरिने चन्दले बताउनु भयो । प्रतियोगिताको प्रस्तुति कार्यक्रम फागुन २४ गते ढकारी गाउँपालिकाको प्रांगणमा हुने बताईएको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.