साँफेबगर नगरपालिकाको भलिबल टिम निर्माण हुदै

साँफेबगर नगरपालिका नगर क्षेत्रको भलिवल टीम बनाउने भएको छ । नगर क्षेत्रको भलिवल टीम निर्माणको लागि आजबाट साँफेबगर नगरपालिकाले वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गर्ने लागेको साँफेबगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मी प्रसाद शर्माले बताउनु भयो ।

नगर क्षेत्रको भलिवल टीम निर्माणको लागि तीन दिनसम्म खेलको आयोजना गरी त्यस प्रतियोगितामा उत्कृष्ट खेल प्रर्दशन र अनुशासित खेलाडीलाई समेटेर नगरको एउटा टिम बनाउने उद्देश्य रहेको उहाँले बताउनु भयो ।

उक्त टीमले जिल्ला स्तरमा आयोजनादेखि जिल्ला वाहिर आयोजना हुने खेलमा प्रतिनिधित्व गर्ने गरि टिम तयार हुन लागेको बताएको छ । ग्रामीण क्षेत्रमा लुकेर रहेका भलिबल खेलाडीको क्षमता अभिवृद्धि गर्दै समग्र खेल क्षेत्रकै विकासमा योगदान दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्ने लागिएको साँफेबगर नगरपालिकाका नगर प्रमुख कुलबहादुर कुँवरले जानकारी दिनुभयो ।

Everest Incitute

खेल क्षेत्रको विकास गर्नु स्थानीय सरकारको दायित्व पनि हो । त्यही दायित्व पूरा गर्न हामीले भलिबल प्रतियोगिता सञ्चालन गर्न थालेका हौं । यसले खेलाडीलाई थप हौसला मिल्ने नगर प्रमुख कुँवरको भनाई रहेको छ । भलिबल पहिलेदेखि नै सबैले रुचाएको खेल भएका कारण यसलाई सुस्ताउन दिन नुहने एक जना खेलप्रेमि शंकर कुँवरको भनाई रहेको छ ।

यस अघि विभिन्न क्लवदेखि संघ संस्थाले प्रतियोगिता आयोजना हुँदै आएकोमा अव भलिवल खेलको विकासको लागि साँफेबगर नगरपालिकाले अग्रसरता देखाउनु स्वागतयोग्य काम भएको उहाँको भनाई रहेको छ । नगरले आयोजना गर्ने प्रतियोगिताले ग्रामीण क्षेत्रमा लुकेर रहेका खेलाडीहरूको क्षमता पनि बाहिर आउने विस्वास व्यक्त गर्नुभयो ।

यसले भलिबल खेलको विकासमा टेवा दिने उहाँको भनाई रहेको छ । केही समय वर्ष अघिसम्म सुस्ताएको भलिवल खेल साँफेबगर नगरपालिकाको अग्रसरताले अहिले जिल्लामा अन्य पालिकाले पनि भलिवल प्रतियोगिता आयोजना गर्न थालेको खेलाडी मुकेश सुनारको भनाई रहेको छ ।

ग्रामिण क्षेत्रका प्रतिभालाई वाहिर ल्याउनको लागि साँफेबगर नगरपालिकाले अवसर प्रदान गरेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो । सरकारी स्तरबाटै भलिबल खेलमा लगानी भएपछि ग्रामीण क्षेत्रका खेलाडीलाई प्रतिभा देखाउने अवसर मिलेको खेलाडी सुनारको भनाई छ । प्रतियोगिता सहभागि जनाउने खेलाडी वडाको स्थायी वासिन्दा हुनुपर्ने जनाईएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.