काँग्रेस अछामको अधिवेशनः १४ सय ९१ मत खस्यो, मतगणना ९ बजेबाट

नेपाली काँग्रेसको १४ औं महाँदिवेशन अन्तरगत अछाम जिल्ला अधिवेशनमा मतदान कार्य सकिएको छ । मतदानमा जम्मा एक हजार चार सय ९१ मत खसेको छ ।

मतदान अधिकृत मातृका प्रसाद भण्डारीका अनुसार क्षेत्र नम्वर १ मा ७०१ र क्षेत्र नम्वर २ मा ७९० मत खसेको छ । नेपाली काँग्रेस अछामको जिल्ला अधिवेशनका लागि क्षेत्र नम्वर १ बाट ७६८ र क्षेत्र नम्वर २ बाट ८६० गरि १ हजार ६ सय २८ जना मतदाता रहेकोमा १३७ जना अनुपस्थित रहेका छन ।

निर्वाचन समितिका अनुसार सभापतिको मतगणना कार्य राती ९ बजेबाट सुरु हुने भएको छ । सभापति पदको मतगणना सकेर मात्रै अन्य पदको प्रक्रिया सुरु गरिने मतदान अधिकृत भण्डारीले जानकारी दिनुभयो ।

शुक्रबारबाट सुरु भएको काँग्रेस अछामको अधिवेशनमा १ जिल्ला सभापतिका लागि ३ जनाले प्रतिष्प्रधा गरेका छन भने २ उपसभापतिमा ५ जना, २ सचिवमा ६ जना र २ सहसचिवमा ६ जना चुनावी मैदानमा छन ।

सभापतिमा पुष्प बहादुर शाह, भरत कुमार स्वार र राजन कुवर प्रतिष्प्रधामा छन भने उपसभापतिमा चन्द्र प्रसाद ढुंगाना, टेक बहादुर साउद, धनबहादुर शाही, नयाँराम बजगाई र ललित बहादुर कुवर विच प्रतिष्प्रधा हुने भएको छ । यस्तै सचिवका लागि अनिल बिष्ट, टक्कर बहादुर शाह, नरेन्द्र बहादुर कुवर, पुष्प बिष्ट, प्रकाश बहादुर साउद र सुरत बहादुर बुडथापा चुनावी मैदानमा छन । यसैगरि सहसचिवमा खगेन्द्र बहादुर खड्का, गोविन्द बिष्ट, दिनेश कुमार स्वार, ललित बहादुर साउद र हिक्मत बहादुर धामीविच प्रतिष्प्रधा हुने भएको छ ।

काँग्रेस अछामको जिल्ला सदस्यका लागि बिभिन्न कलष्टरबाट गरि ७६ जना उम्मेद्धारले प्रतिष्प्रधा गरेका छन ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.