शिक्षामा परिवर्तन ल्याउन सबैको सकारात्मक सहयोगको आवश्यकता: नगर प्रमुख बोहरा

कुन्ती माविको ५६ औ बार्षिक उत्सव सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका वडा न १ मा रहेको कुन्ती माविको ५६ औ बार्षिक उत्सव समारोहको उद्घाटन सत्र सम्पन्न भएको छ ।

Samajik New Add 2082

विद्यालय ब्यवस्थापन समितीका अध्यक्ष पुर्ण बहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रममा मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथी रहनु भएको थियो । कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले नगरको शिक्षा प्रणलीलाई सुधार गर्न नगरपालिका बिशेष योजना बनाएर अघि बढेको बताउनु भएको छ ।

पहिले र अहिले शिक्षा क्षेत्रमा महत्वपूर्ण प्रगती भएको भन्दै उहाले यस क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन सबै क्षेत्रबाट सकारात्मक सहयोग हुनुपर्नेमा जोड दिनु भएको छ । विद्यार्थिको सिकाई उपलब्धी बढाउन दरबन्दी अनुसार शिक्षकको ब्यवस्थापनका लागि नगरपालिका चाडै कामगर्ने प्रतिबद्धता जनाउनु भएको थियो ।

Saud Agro Kailash

कार्यक्रममा मंगलसेन नगरपालिका वडा न १ का अध्यक्ष गोपाल बहादुर थापा,२ का अध्यक्ष मान बहादुर बोगटी, नेकपा एकीकृत समाजवादी जिल्ला सचिवालय सदस्य रामराज नाथ बिशिस्ट अतिथि रहनु भएको थियो ।

कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य गंगा थापा, नेपाली काग्रेस क्षेत्रीय उपसभापति रमेश बहादुर बोगटी, नेकपा माओवादी केन्द्र मंगलसेन नगर कमिटी सचिव कमल थापा, समाजसेवी भिम बहादुर राना, नेपाली काग्रेसका वेदप्रकाश थापा, नेकपा एकीकृत समाजवादीका ईन्द्र जैगडी लगायत अभिभाव तथा विद्यार्थिहरुको सहभागिता रहेको थियो ।

भेलामा विद्यालयका प्रधानाध्यापक मदन बहादुर बोगटीले विद्यालयको ९९ लाख ५८ हजार ६ सय ९१ बराबरको आयव्यय विवरण सहितको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

शिक्षक अभिभावक संघका अध्यक्ष होम बहादुर साउदको स्वागत मन्तब्य बाट सुरुभएको कार्यक्रमको संचालन शिक्षक पूर्ण बहादुर रानाले गर्नुभएको थियो । बन्द सत्र बाट नया नेतृत्व चयन गरिने विद्यालयले जनाएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.