मेयरकप भलिबलको उपाधि बान्निगढी जयगढ गाउँपालिकालाई

Kirci Gyan Kendra

मंगलसेनमा सम्पन्न मेयर कप खुला पुरुष भलिवल प्रतियोगिताको उपाधि बान्निगढी जयगढ गाउँपालिकाले उचालेको छ । मंगलसेन नगरपालिकाको आयोजनामा भएको प्रतियोगितामा आयोजक मंगलसेन नगरपालिकालाई पराजित गर्दै बान्निगढीले उपाधि उचालेको हो ।

Samajik New Add 2082

प्रतियोगिताको बिजेता बनेसंगै बान्निगढीले नगद १ लाख ११ हजार १ सय ११ सहित कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ । उपबिजेता बनेको मंगलसेन नगरपालिकाले नगद ५५ हजार ५ सय ५५ सहित कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

यसैगरि तेस्रो स्थान हासिल गरेको मेल्लेख गाउँपालिकाले नगद ३३ हजार ३ सय ३३ सहित कप मेडल र प्रमाणपत्र तथा सान्त्वना स्थान हासिल गर्न सफल साँफेबगर नगरपालिकाले नगद ११ हजार १ सय ११ सहित कप तथा प्रमाणपत्र प्राप्त गरेको छ ।

Saud Agro Kailash

जिल्ला भरिका १० पालिका मध्ये ८ वटा पालिकाबाट १० टिमको सहभागितामा सञ्चालन भएको प्रतियोगिताको समापन समारोहमा सर्वोत्कृष्ट खेलाडि सहित बिभिन्न बिधामा उत्कृष्टता हाँसिल गर्न सफल खेलाडिहरुलाई नगद तथा प्रमाणपत्र सहित पुरस्कृत गरिएको थियो ।

यस्तै प्रतियोगितामा पालिका स्तरिय टिम सहभागि गराई प्रतियोगिता सफल पार्न महत्वपूर्ण सहयोग गरेको भन्दै आयोजक मंगलसेन नगरपालिकाले सहभागी सबै स्थानीय तहहरुलाई सम्मानपत्र द्धारा सम्मान गर्नुका साथै खेलकुद प्रतियोगिताका रेफ्रि तथा व्यवस्थापक र स्वंसेवकलाई समेत प्रमाणपत्र प्रदान गरिएको थियो ।

नगरप्रमुख पदम बहादुर बोहराको अध्यक्षतामा भएको समापन समारोहमा प्रतिनिधिसभा सदस्य यज्ञ बोगटी प्रमुख अतिथि रहनुभएको थियो भने बिशिष्ट अतिथिमा जिल्ला समन्वय समिति सदस्य टोप बहादुर रावल रहनुभएको थियो । कार्यक्रमका अन्य अतिथिमा नेकपा एमालेका जिल्ला अध्यक्ष चन्द्र बोहरा,  नेपाली काँग्रेसका जिल्ला सहसचिव दिनेश कुमार स्वार, नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सदस्य तथा जिल्ला सह ईञ्चार्ज लोक बहादुर बोगटी,  राष्ट्रिय रेफ्रि मिन बहादुर बुडथापा ले बधाई मन्तव्य राख्नुभएको थियो ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी, वडानम्वर ४ का अध्यक्ष तथा सामाजिक विकास समिति संयोजक पदम धामी, जिल्ला अस्पताल व्यवस्थापन समिति अध्यक्ष शिव बोगटी, नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष सर्प रिमाल लगायतका अतिथि रहनुभएको समापन समारोहको सञ्चालन मंगलसेन नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावलले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.