“गठबन्धनका साझा उम्मेदवारलाई भोट दिनुस्”-प्रचण्ड

काठमाडौं, वैशाख १:
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।

नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने कामना पनि प्रचण्डको छ।
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्न गइरहेको उनले बताएका छन्।

Everest Incitute

संघीयतालाई जनताको घरदैलोसम्म पुर्‍याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको उनले बताए।
‘देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ,’ उनले भने।

प्रचण्डले स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गरेका छन्।

‘लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपील गर्दछु,’ उनले भने ।

-setopati

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.