

मंगलसेन नगरपालिका वडा नम्बर ७ मा रहेको जाल्पादेवी माध्यमिक विद्यालयमा अध्ययनरत ८ जना छात्र छात्रालाई आर्थिक सहयोग गरिएको छ । सेभ द चिल्ड्रेनको सहयोगमा वाक नेपालद्वारा संचालित किशोरकिशोरी तथा युवा युवा सशक्तीकरण करण परियोजना अन्तर्गत प्रतिब्यक्ती १२ हजार दरले जम्मा ९६ हजार आर्थिक सहयोग गरिएको छ ।
विद्यालय सवा क्षेत्र भित्र पर्ने साहारा विहिनी गरिब, असहाय, विपन्न बालबालिकालाई नियमित विद्यालय आउने र शैक्षिक गुणस्तरमा वृद्धि होस भन्ने उदेश्यका साथ अभिभावक मार्फत आर्थिक सहयोग गरिएको हो ।
विद्यालय ब्याबस्थापन समिति अध्यक्ष लाल बहादुर बिष्टको अध्यक्षतामा भएको कार्यक्रम सविधानसभा सदस्य भैरे कामी, मंगलसेन नगरपालिका उपप्रमुख संगिता रावल सोडारी, शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख जगत बहादुर रावल, सेभ द चिल्ड्रेनका अछाम कार्यक्रम संयोजक प्रेम पुन, विद्यालयका प्रअ बल बहादुर थ्यायत लगाएतका अतिथिले सहयोग हस्तान्तरण गर्नु भएको थियो ।
वाक नेपालका लेखा अधिकृत सरस्वती संनज्यालले कार्यक्रमको बारेमा जानकारी गराउनु भएको थियो भने संचालन फिल्ड अधिकृत रमिता ढुंगानाले गर्नु भएको थियो ।
यसैबिच नगर प्रमुख पदम बहादुर बोहरा र नगर उपप्रमुख सोडारीको टोलिले वाक नेपाल मार्फत ६ महिनाको अवधिमा समुदाय स्तरमा भए गरेका कामको समेत अनुगमन गरेको छ । कार्यक्षेत्र वडा नम्बर ४,५, ६ र ७ नम्बर मा विपन्न वर्गका निर्माण गरिएका शौचालय, मंगलसेनमा संचालन भईरहेको सिलाईकटाई, स्विट्स एण्ड स्न्याक्स मेकर तालिम र कुखुरा ब्याबसाय संचालन सम्बन्धि तालिमको समेत टोलिले अनुगमन गरेको छ ।
