तुर्माखाद वडा नम्बर ८ ले वडालाई दुधमा आत्म निर्भर बनाउन किसानलाई प्रोत्साहन भत्ता दिने

तुर्माखाँद गाउँपालिका वडा नम्बर ८ ले वडालाई दुधमा आत्म निर्भर बनाउनका लागि किसानलाई प्रोत्साहन भत्ता दिने भएको छ । वडाको आर्थिक बर्ष २०७९÷८० को बार्षिक स्विकृत कार्यक्रम अन्र्तगत भैसी र गाई पालन गरेका वडाका किसानहरुलाई भैसी र गाई ब्याएपछि सुत्केरी भत्ता स्वरुप पिडो खर्च भनी भत्ता दिने व्यवस्था गरेको वडा अध्यक्ष निरक बहादुर शाहीले बताउनु भयो ।

यसले वडा भित्र व्यवासयीक रुपमा भैसी पालन गरिरहेका किसानलाई थप हौसाल बढ्ने अपेक्षा गरिएको वडा अध्यक्ष शाहीको विश्वाश छ । यो सेवा लिनका लागि सम्बन्धित किसानहरुले वडाले तोके बमोजिमका आवश्यक कागजातहरु वडा कार्यालयमा पेशगर्नुपर्ने वडाले जनाएको छ ।

किसानहरुले हस्त लिखित निवेदन, भैसी र गाईपालक किसानको नागरिकताको प्रतिलिपी, जग्गा धनी प्रमाण पूर्जा र भैसी तथा गाई ब्याएको पाडा पाडीको पशु धनि सहित स्पष्ठ देखिने फोटा पेश गर्न अनुरोध गरेको छ । यस्तै वडा कार्यालयले वडामा बस्ने कुर्नपनि नागरिकको मृत्यु भएमा दाहसंस्कारको लागि लाग्ने आवश्यक काठको ढुवानी पनि वडा कार्यालयले गरिदिने भएको छ ।

त्यसका लागि मृतकका आफन्तहरुले मृतकको निधन भएको २ हप्ता भित्र मृत्यु दर्ता गराईसक्नुपर्ने भएको छ । सम्बन्धित सेवाग्राहीहरुले वडा कार्यालयले तोके बमोजिमका कागजात सहित वडा कार्यालय आएमा सेवा दिईने वडा अध्यक्ष शाहीले बताउनु भयो ।

यसले वडाका आर्थिक अवस्था कमजोर भएका नागरिकहरुलाई निकै राहात हुने वडाले अपेक्षा गरेको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.