अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरक्रिया सहित मंगलसेन बजार सरसफाइ

दक्ष युवा शक्ति देशमा आवश्यक छ : सासंद बोगटी

Kirci Gyan Kendra

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा अन्तरक्रिया सहित मंगलसेन बजार सरसफाइ गरिएको छ । दिवसको अवसरमा मंगलसेन बजार सार्वजनिक स्थल दरबार क्षेत्र, मन्दिर सरसफाइ पछि जनप्रतिनिधि र सरोकारवाला बिच अन्तरक्रिया भएको थियो ।

Samajik New Add 2082

“अन्तर पुस्ताको ऐक्यवद्धता : सवै उमेर समुह मैत्री विश्व निर्माणमा साझा प्रतिवद्धता नाराका साथ भएको अन्तरक्रियामा विकासमा युवा सहभागीता विषयमा जनप्रतिनिधि र सरोकारवालासँग छलफल भएको थियो ।

जिल्ला युवा संजाल अछामका अध्यक्ष कमल कुमार रावलको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि अछाम क्षेत्र नम्बर २ का सासंद यज्ञ बहादुर बोगटीले दक्ष युवा शक्ति देशमा आवश्यक रहेको बताउनु भयो । मुलुक निर्माणको अभिमारा युवा शक्तिमा आएकाले हरेक युवा सचेत भएर अघि बढन आग्रह गरे । दिनप्रतिदिन युवा विदेश पलाउन हुनु दुखुद कुरा भएकाले सरकारले ठोस योजना बनाउनु पर्नेमा जोड दिनु भयो । युवामा लगानी गर्दा कृषि क्षेत्रलाई जोड दिन आवश्यक रहेको औंल्याए ।

कार्यक्रमका बिशिस्ट अतिथि मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले हरेक युवालाई देशको चिन्ता हुनुपर्ने बताउनु भयो । आफ्नो गाउँठाउँ बनाउनु पर्छ भन्ने भावना युवामा अझै नभएकाले सबैले सोच्नु पर्ने बताए । हरेक युवा जोश, जागर भबिष्यप्रति चिन्तनशिल भएमात्र देश बन्ने आशा व्यक्त गरे ।

Saud Agro Kailash

अन्तरक्रियामा नेकपा एमाले अछामका अध्यक्ष चन्द्र बोहरा, नेपाली काग्रेस अछामका सचिव टक्कर शाह, नेपाल कम्युनिस्ट पार्टी अछामका सदस्य दिपेन्द्र जैगढी, उद्योग वाणिज्य संघ अछामका वरिष्ठ उपाध्यक्ष बम बहादुर रावल, अछाम बहुमुखी क्याम्पस प्रमुख छत्र बहादुर बिष्ट, नागरिक समाज अछामका अध्यक्ष शंकर रावल, नेपाल राष्ट्रिय शिक्षक संगठन अछामका अध्यक्ष सर्पराज रिमाल, सुआहारा अछामका प्रमुख लोक बहादुर नेपाली, युवा संजाल अछामका पुर्व अध्यक्ष होम बहादुर साउदले आफ्नो विचार सहितको शुभकामना मन्तव्य राख्नु भएको थियो ।

सोही अवसरमा युवा संजाललाई यहाँसम्म पुर्‍याउन सहयोग गर्ने पुर्व अध्यक्ष होम बहादुर साउद र उपाध्यक्ष मेनुका ढुंगानालाई सम्मानपत्रद्धारा सम्मान गरिएको थियो ।

कार्यक्रममा UNFPA अछामका प्रमुख भरत गोतामेले युवाको अबस्था, समस्या, चुनौती र अवसरका बारे र मालिका बिकास संघका सामाजिक बिकास अधिकृत गोपिसिह नेपालीले स्थानिय सरकारमा नागरिकको सहभागीताको बिषयमा जानकारी गराउनु भएको थियो ।

जिल्ला युवा संजाल अछामका सचिव भिमसेन ताम्राकारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको संचालन मंगलसेन नगर स्तरिय युवा संजालका अध्यक्ष जगत भण्डारीले गर्नु भएको थियो ।

जिल्ला युवा संजाल अछाम/मंगलसेन नगरस्तरिय युवा संजालको आयोजना र मंगलसेन नगरपालिका, UNFPA, सेभ द चिल्ड्रेन, युरोपियन युनियन, डिसिए, सुआहारा, वाक नेपाल, मालिका बिकास संघ, फाया नेपाल, आस्था नेपाल, पिसविन र दलित महिला संघको आयोजनामा भएको हो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.