मंगलसेन बजारलाई नमुना बनाउनेगरि काम गर्छु: अध्यक्ष भाट

निर्णयको अबज्ञा नगर्न नागरिकलाई आग्रह

Kirci Gyan Kendra

टेक बहादुर थापा : मंगलसेन नगरपालिका वडा नम्बर ५ अध्यक्ष झंकर प्रसाद भाटले मंगलसेन बजारलाई नमुना बनाउनेगरि काम गर्ने बताउनु भएको छ । सदरमुकाम मंगलसेनमा रहेको बजारलाई सफा र ब्यवस्थित बनाउनको लागि पहल सुरु गरिएको बताए ।

Samajik New Add 2082

यसभन्दा अघिपनि बजार क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि पहल थालीएको र त्यसैलाई आधार मानेर थप गतिविधि अगाडी बढाउने योजनामा आफु रहेको अध्यक्ष भाटको भनाई छ । बजारलाई आकर्षक बनाउन नगरपालिकाको कार्यपालिकाका बैठकमा पनि छलफलको विषय बनाईएको र अब बजारलाई राम्रो बनाउने कामलाई तिब्रता दिनईने प्रतिबद्धता समेत जनाउनु भएको छ ।

Saud Agro Kailash

बजार भित्र रहेको सडकलाई ८ मिटर बनाउनेकी ६ मिटर कायम गर्ने भन्ने विषयमा बहस भईरहेकाले चाडै निष्कर्षमा पुगेर अब बजारको सुन्दरता बढाउने योजना आफ्नो रहेको अध्यक्ष भाटले बताउनु भयो । रेडियो गाउँघर संग कुराकानी गर्दै अध्यक्ष भाटले बजार भित्रको सडकलाई ८ मिटर बनाउन यसभन्दा अघिपनि नगर प्रमुख पदम बहादुर बोहराको पहलमा कार्यहरु अघि बढेपनि त्यसले साथर्कता नपाएको भन्दै अब बजार भित्रको सडकको स्तरोन्नती गर्ने कामलाई तिब्ररुपमा अघिबढाईने बताउनु भयो ।

बजारलाई नमुना बनाउन बजार क्षेत्रका केही ब्यापारीहरुले सहयोग नगरेको अध्यक्ष भाटले गुनासो गर्नु भएको छ । मंगलसेन बजार वडाको सेवा क्षेत्रभित्रपनि पर्ने भएकाले पुन एकपटक बजारबासी संग छलफल गर्ने र त्यसभन्दा पछि पनि निर्णयको अवज्ञ गर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ ।

बजार क्षेत्रमा जथाभावि रुपमा बिस्तार गरिएका खानेपानीका पाईपलाईन र अव्यवस्थित रुपमा रहेका नेपाल टेलीकमका तारहरुको सिही व्यवस्थापन गर्नुपर्ने भएकाले त्यसका लागि सम्बनधीत कार्यालयमा समन्वय गरेको उहाको भनाई छ । बजार क्षेत्रको सुन्दरता बढेपछि सबैको लागि गौरवको विषय भएकाले अब बजार क्षेत्रको सरसफाईका लागि बजारबासीले पनि सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बजार क्षेत्रमा नेपाल टेलीकमको तारहरु व्यवस्थित नभएको गुनासो बढीरहेकाले अव्यवस्थित तारहरुको व्यवस्थापन गरिने समेत बताउनुभएको छ । मंगलसेन बजार क्षेत्रमा सार्वजनिक शौचालय नहुदा बजार क्षेत्रमा आउने नागरिकलाई निकै समस्या हुने गरेको भन्दै अध्यक्ष भाटले तत्काल दुईवटा सार्वजनिक शौचालय निर्माण गरिनुका साथै मंगलसेको मंच ब्यवस्थापनका लागि पनी पहल गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.