अछाममा ५ बर्षदेखि ११ बर्षभित्रका बालबालिकालाई कोरोना विरुद्धको खोप अभियान भदौ ५ गतेबाट सुरु हुदै

Kirci Gyan Kendra

अछामका कमलबजार बाहेक ९ वटा स्थानीय तहमा भाद्र ५ गतेबाट कोभिड १९ रोग बिरुद्धको खोप अभियान संचालन हुने भएको छ । ५ बर्षदेखि ११ बर्षभित्रका ४० हजार बढी बालबालिकालाई कोभिड १९ रोग बिरुद्धको खोप लगाईने भएको छ ।

Samajik New Add 2082

जिल्ला स्तरिय कोभिड खोप संचालन तथा ब्यबस्थापन समिति तथा जिल्ला स्थित पत्रकासंग गरिएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य अन्तर्गतका अन्य नियमित खोपका कार्यक्रमहरु प्रभावित नहुने गरि कोभिड रोग विरुद्धको खोप अभियान संचालन गरिने जानकारी गराईएको छ ।

Saud Agro Kailash

कोभिड १९ विरुद्ध खोप अन्तर्गत फाईजर – बायोएनटेक अभियान अन्तर्गत पहिलो मात्रा भाद्र ५ देखि ११ सम्म र दोस्रो मात्रा भाद्र २७ देखि आश्विन १ गतेसम्म संचालन हुने स्वास्थ्य कार्यालय अछामका वरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताउनु भयो । जिल्लाका ५३४ खोपकेन्द्र मार्फत विद्यालय मार्फत प्राप्त विद्यालय बाहिर रहेका ५२१ र विद्यालयमा अध्ययनरत ३९ हजार ९ सय गरि ४० हजार ४ सय २१ बालबालिकालाई खोप दिईने ढुंगानाले बताउनु भयो ।

जिल्ला स्तरिय कोभिड खोप संचालन तथा ब्यबस्थापन समिति संयोजक एव प्रमुख जिल्ला अधिकारी विश्वराज मरासेनिको अध्यक्षतामा भएको कार्यक्रमका सहभागीले खोप अभियान सफल पार्नु सबैको दायित्व भएकाले सबैले सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए ।

अभियानलाई सहयोग गरि दिन सबै जनप्रतिनिधि, खोप समन्वय समिति, शिक्षक शिक्षिका, विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक, अभिभावक संघ,सरकारी गैर सरकारी संघ संस्था लगायत सबै सरोकारवालाहरुमा सहयोग गरिदिन स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

बाकी एकमात्र स्थानिय तह कमलबजार नगरपालिकामा भाद्र ९ गते बाट सचालन हुने हुनेछ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.