अछाम ट्राफिकद्धारा मापसे चेकजाँचको सुरुवात

अस्थायी ट्राफिक पोष्ट मंगलसेनले सदरमुकाम मंगलसेनमा मादक पदार्थ सेवन ( मापस ) सेवन गरे नगरेको पत्ता लगाउन सवारी चालकलाई चेकजाँच अभियानको थालनी गरेको छ । मादक पदार्थ सेवन गरेर सवारी चलाउदा दुर्घटना बढने सक्ने भन्दै चेकजाँचको थालनि भएको हो ।

स्वास्थ्य कार्यालय अछामले मेसिन प्रदान गरेपछि बेलुकी ७ बजेपछि मंगलसेन बजार र बसपार्क क्षेत्रमा चेकजाँच गरिएको अस्थायी ट्राफिक पोष्ट मंगलसेनका ईन्चार्ज प्रहरी हवल्दार जयहरी चन्दले बताउनु भयो ।

पहिलो पटक अभियान अन्तर्गत बस, ट्रक, टयाक्टर, जिप, मोटरसाइकल गरि ३० भन्दा बढिलाई चेक गरिएको चन्दले बताए र जसमा एकदम न्यून व्यक्ति मात्रै मदिरा सेवन गरेका भेटिएको उहाँले जानकारी दिए । मंगलसेन बजार भन्दा पनि अछाम र बाजुराको धेरै सवारीसाधन आवातजावत गर्ने क्षेत्र साँफेबगर भएकाले चेकजाँचलाई आगामी दिनमा साँफेबगर केन्द्रीत गरिने उहाँले बताउनु भयो ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.