नगरको टोलिद्धारा मंगलसेन नगरपालिका भित्रका विद्यालयको अनुगमन जारी

Kirci Gyan Kendra

नरेन्द्र रावल : मंगलसेन नगरपालिकाका नगर प्रमुख पदम बहादुर बोहरा सहितको टोलिद्वारा मंगलसेन नगरपालिका वडा नम्बर १० र ११ का बिद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षण सिकाई र भौतिक संरचनाको अनुगमन गरिएको छ ।

Samajik New Add 2082

अनुगमनमा नगरका ४९ वटा सामुदायिक बिद्यालय तथा १९ वटा सामुदायमा आधारीत बालबिकास केन्द्रको शैक्षिक, भौतिक अवस्थाको अनुगमनगरी बिद्यालयहरु समायोजन, पुर्न बितरण तथा शिक्षक दरबन्दी मिलान गर्ने बिद्यार्थी अनुपातको अवस्था अध्ययन गरि बिद्यालय नक्शाकंन समेत गरिने शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बताउनु भयो ।

Saud Agro Kailash

अनुगमन टोलिमा नगर प्रमुख बोहरा, उप प्रमुख संगिता रावल सोडारी, मंगलसेन नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा, १० का अध्यक्ष जनक कुँवर, ११ का अध्यक्ष नर बहादुर भण्डारी, मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, शिक्षा शाखा प्राबिधिक सहायक दिपक भण्डारी कार्यपालिका सदस्य मनसरा थ्यायत, गोविन्द बिक, पत्रकार नरेन्द्र रावल रहनु भएको थियो ।

उक्त टोलिले मंगलसेन नगरपालिका १० स्थित मंगलनसैनि आधारभुत बिधालय जुपु, कालिका मा.बि बल्डाडा, सरस्वती आधारभुत बिधालय खिमाडा, कैलासेश्वर आधारभुत बिधालय लुगाडामा अनुगमन गरि बिद्यालय प्रशासनसंग अन्तरक्रिया समेत गरिएको थियो ।

यसअघि वडा नम्बर १२ बान्नातोलि र १४ कालागाउमा अनुगमन भईसकेको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.