बुद्धिजीवी परिषद साँफेबगर नगरको नयाँ नेतृत्व चयन : मंगलसेनको अधिवेशन आज हुदै

नेपाल बुद्धिजीवी परिषद् साँफेबगर नगरपालिकाको अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । अधिवेशनले भगवती कुँवरको अध्यक्षतामा १३ सदस्यीय नगर कमिटी सर्वसम्मत रुपमा चयन गरेको हो ।

Everest Incitute

जसमा उपाध्यक्षमा कालुसिंह कुँवर, सचिव हंसराज खड्का, कोषाध्यक्ष सम्भु मियाँ, उपसचिव सरिता चुँदाली लगाएतका सदस्य रहनु भएको छ ।

बुद्धिजीवी परिषद अछामका अध्यक्ष भरत सोडारीको अध्यक्षतामा भएको अधिबेशनको उद्घघाटन नेकपा एमाले प्रदेश सदस्य पशुपती कुँवरले गर्नु भएको थियोे । बुद्धिजीवी परिषद्का केन्द्रिय सदस्य हैकला रावल, शिक्षक महासंघका केन्द्रिय उपाध्यक्ष तिलक कुँवर, एमाले अछामका सचिवालय सदस्य प्रकाश शाह लगायतका अतिथि रहनु भएको थियो ।

बुद्धिजीवी परिषद् अछामले शनिबार आज मंगलसेन नगरपालिकाको पहिलो अधिवेशन गर्ने जनाएको छ । मंगलसेन नगरपालिकाको पहिलो अधिवेशनबाट नयाँ नेतृत्व चयन गरिने बताइएको छ । त्यसका लागि मंगलसेन नगरपालिका क्षेत्रका शिक्षक, कर्मचारी, व्यापारी, उद्योगी, समाजसेवी र स्थानीय अगुवालाई आउन आग्रह गरिएको छ ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.