मंगलसेन नगरपालिकाको टोलिद्धारा ७ वटा वडाका बालविकास र विद्यालयको अनुगमन सम्पन्न

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाकाे अनुगमन टोलीले नगरका १४ मध्ये ७ वटा वडाका बालविकास केन्द्र र सामुदायिक विद्यालयको अनुगमन कार्य सम्पन्न गरेको छ । समुदायस्तर, विद्यालयमा भित्रका बालविकास केन्द्र र आधारभुत र माध्यमिक विद्यालयको अनुगमन टोलिले सुक्ष्म तरिकाले अवलोकन अनुगमन गरेको हो ।

Samajik New Add 2082

मंगलसेन नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराको नेतृत्वमा आएको टोलिले आज वडा नम्बर ८ र ९ का बिद्यालयको शैक्षिक गुणस्तर सुधार, शिक्षक, विद्यार्थीको हाजिरी, शिक्षण सिकाई र भौतिक संरचनाको अनुगमन गरेको छ ।

Mellekh RM1
Saud Agro Kailash

१४ वटै वडामा सुक्ष्म तरिकाले हरेक क्षेत्रसँग छलफल गरि अनुगमन गरिएकाले वास्तविक तथ्यांकमा रहेर आगामि दिनमा छलफल गरेर नगरमा रिपोर्ट पेश गरेर अघि बढने मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावलले बताउनु भयो ।

हालसम्म हरेक विद्यालयमा अनुगमन गर्दा भौतिक सरचना प्रत्येक विद्यालयमा प्रयाप्त भएतापनि शिक्षक दरबन्दी भन्दा विद्यार्थिको संख्या आधारभुत तहमा न्यून रहेको रावलले बताउनु भयो ।

अनुगमन टोलिमा मंगलसेन नगरपालिका वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बोहरा, वडा नम्बर ९ का अध्यक्ष पदम बहादुर बोहरा मंगलसेन नगरपालिका शिक्षा शाखा प्रमुख जगत बहादुर रावल, कार्यपालिका सदस्य मनसरा थ्यायत, वडा नम्बर वडा सदस्य पुष्प बहादुर रावल, रेखा रावल, बिषय विज्ञ शंकर बहादुर रावल, पत्रकार कमल रावलको सहभागीता रहेको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.