नेकपा एकीकृत समाजवादी अछामद्वारा उम्मेदवार सिफारिस : १ मा मन्त्री कुँवर र २ मा नेता न्यौपानेको एकल नाम सिफारिस

Kirci Gyan Kendra

नेकपा (एकीकृत समाजवादी) अछामले मङ्सिर ४ गते हुने निर्वाचनका लागि उम्मेदवार सिफारिस गरेको छ । एकीकृत समाजवादीको जिल्ला कमिटीले दुई वटा प्रतिनिधिसभा र चार प्रदेशसभाका लागि आज उम्मेदवार सिफारिस गरेको हो । दुई वटा प्रतिनिधिसभा सदस्यका लागि एकल नाम सिफारिस गरिएको केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुल बहादुर कुँवरले जानकारी दिनुभयो ।

Samajik New Add 2082
Saud Agro Kailash

अछाम क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यको लागि श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरको एकल नाम सिफारिस भएको छ । यस्तै अछाम क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यको लागि पनि युवा नेता जिल्ला उपसचिव नमराज न्यौपाने सिफारिस हुनुभएको छ ।

अछाम क्षेत्र नम्बर १ प्रदेश (क) केन्द्रिय सदस्य एवम् अछाम ईन्चार्ज कुलबहादुर कुँवर, प्रदेश कमिटी सचिवालय सदस्य हिक्मत कुँवर सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ पार्टी जिल्ला कमिटी अध्यक्ष हिरण्ड भट्टराई र रत्ना तामाङ्ग सिफारिस भएका छन् ।
अछाम क्षेत्र नम्बर २ अन्तर्गत प्रदेश (क) डवल चलाउने , दुर्गा बोहरा र इन्जिनियर दिपक विष्ट सिफारिस भएका छन् । प्रदेश (ख) तर्फ
केन्द्रिय सदस्य शंकर भण्डारी, नवराज साउद र नयन सोडारी सिफारिस भएका छन् ।
यस्तै प्रतिनिधिसभा सदस्यको लागि समानुपातिक तर्फ बिन्द्रा साउद, बलबहादुर सोडारी योगेन्द्र विष्ट र भक्त शाहीलाई सिफारिस गरिएको अछाम ईन्चार्ज कुँवरले जानकारी दिनुभयो ।

अछाम क्षेत्र नम्बर १ अन्तरगत प्रदेश सभा सदस्य तर्फ समानुपातिकमा निवर्तमान सामाजिक विकास राज्यमन्त्री मिना साउद, एकीकृत समाजवादीका प्रदेस कमिटी सदस्य जितबहादुर निशानी, डम्बर नेपाली, चौरपाटी गाउँपालिका निवर्तमान अध्यक्ष हर्क साउद, साँफेबगर नगरपालिकाका निवर्तमान उपप्रमुख बिर्मला बुड्थापा, जयन्ती वोगटी सिफारिस भएका छ्न । अछाम क्षेत्र नम्बर २ अन्तरगत प्रदेश सभा सदस्य तर्फ समानुपातिकमा देवकला चलाउने केशरी रेग्मी, कृष्णा न्यौपाने,इन्द्र जैगडी र कल्लान बोगटी चयन भएका छ्न ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.