चौरपाटी गाउँपालिकामा बुद्धिजीवी परिषदको पालिका स्तरिय समिति गठन

Kirci Gyan Kendra

नेपाल बुद्धिजीवी परिषद चौरपाटी गाउँपालिकामा पालिका स्तरिय समिती गठन गरिएको छ । जिल्ला सदस्य तथा चौरपाटी गाउँपालिका ईन्चार्ज गोकुल खडकाको अध्यक्षतामा भएको भेलाले जित बहादुर आउजीको अध्यक्षतामा १३ सदस्यीय चौरपाटी गाउँपालिका स्तरिय बुद्धिजिवि परिषद गठन गरिएको हो ।

Samajik New Add 2082
Saud Agro Kailash

नेपाल बुद्धिजीवी परिषदका केन्द्रिय सदस्य हैकला रावल प्रमुख अतिथि रहनु भएको कार्यक्रममा एमाले जिल्ला कमिटी सदस्य तथा चौरपाटी सह ईन्चार्ज देब बहादुर साउद बिशिस्ट अतिथी रहनु भएको थियो ।

कार्यक्रममा चौरपाटी गाउँसंगठन कमिटी अध्यक्ष झंकर साउद, चौरपाटी गापा ३ का वडाअध्क्ष बिरेन्द्र साउद, नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष कृपा राम पाण्डे लगाएतका अतिथि रहनु भएको थियो ।

यसअघि साँफेबगर नगरपालिका, मंगलसेन नगरपालिका, रामारोशन गाउँपालिका, बान्निगढी जयगढ गाउँपालिकामा बुद्धिजीवी परिषदको पालिका स्तरिय समिति गठन गरिएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.