स्थानीय तहमा दिगो शान्तिका लागि उन्नत सम्बन्ध कायम गर्न जनप्रतिनिधिसँग अन्तरक्रिया सम्पन्न

Kirci Gyan Kendra

स्थानीय तहमा शान्ति निर्माण सम्बन्धमा निर्वाचित जनप्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला समन्वय समिति अछामको समन्वय तथा प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालको आयोजना तथा सहयोगमा भएको कार्यक्रममा सहभागीले द्वन्द्व समाधान गर्न रुपान्तरण केन्द्रको महत्वपूर्ण योगदान रहेको बताएका थिए ।

Samajik New Add 2082

बिशेष गरि हरेक स्थानिय तहमा सामुदायिक वनको सिमानामा हुने द्वन्द्व समाधानका लागि विभिन्न विधि मार्फत सहजिकरण गर्दै समाधान गरेकोमा संस्थालाई धन्यवाद समेत दिएका थिए । आगामी दिनमा हरेक स्थानिय तहका न्यायिक समितिसँग समन्वय गर्दै कार्यक्रम संचालन गर्नु पर्नेमा जोड दिएका थिए ।

Saud Agro Kailash

जिल्ला समन्वय समिति अछामका प्रमुख ललित कुवरको अध्यक्षतामा भएको कार्यक्रममा सम्पूर्ण पालिका प्रमुखको तर्फबाट बोल्दै मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहराले यसअघि नै संस्थासग समन्वय गर्दै मंगलसेन नगरपालिकाले वडा वडामा मेलमिलापकर्ता उत्पादन गरिसकेको बताउनु भयो ।

आगामी दिनमा सबैले मेलमिलाप कर्ता उत्पादन गर्नुपर्ने बताए । बढिजसो न्यायिक समितिसँग जोडिएकाले समितिलाई सक्षम र सवल बनाउदै जानुपर्ने बताउनु भयो ।

कार्यक्रममा सबै पालिकाका उपप्रमुखको तर्फबाट बोल्दै बान्निगढि जयगढ गाउँपालिका उपाध्यक्ष बिन्दु रावलले आफ्नो पालिकामा शान्ति निर्माणमा भुमिका खेल्दै कार्यक्रमलाई अघि बढाईने बताउनु भयो ।

जिल्लाका सबै पालिकाका प्रमुख, उपप्रमुख, प्रशासकीय अधिकृत लगाएतको सहभागिता हरेको कार्यक्रमको सहजिकरण प्राकृतिक स्रोत द्वन्द्व रुपान्तरण केन्द्र नेपालका राष्ट्रिय स्रोत व्यक्ति लोक बहादुर थापा र टंक भण्डारीले गर्नु भएको थियोे ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.