सामाजिक उत्तरदायित्व अन्तर्गत कुन्ति माविमा अन्तरक्रिया सम्पन्न

Kirci Gyan Kendra

मंगलसेन नगरपालिकाका प्रमुख पदम बहादुर बोहराले अबको शिक्षा प्रविधि युक्त हुनु पर्ने बताउनु भएको छ । विद्यालयको मात्र शैक्षिक पाठ्यक्रम मात्र नभई अन्य बाह्य व्यावहारिक र सुचना केन्द्र केन्द्रीत ज्ञान लिन समेत आग्रह गर्नु भयो ।

Samajik New Add 2082

सामाजिक उत्तरदायित्व अन्तर्गत कुन्ति मावि कुन्तिमा भएको अन्तरक्रिया कार्यक्रममा बोल्दै नगर प्रमुख बोहराले विद्यालयमा रहेको नमुना किशोर किशोरी मैत्री सुचना केन्द्रलाई व्यवस्थापनका लागि अभिभावक र शिक्षकले चासो दिनुपर्ने बताए । अभिभावकको सल्लाह अनुसार हरेक काम गर्नु पर्ने किशोर किशोरीलाई सुझाव दिदै व्यावहारिक ज्ञानमा ध्यान दिनू पर्ने बताउनु भयो ।

UNFPA को आर्थिक सहयोग र फाया नेपाल धनगढी कैलालीको आयोजनामा भएको कार्यक्रममा वडा नम्बर १ का अध्यक्ष लोकराज नाथले आगामी दिनमा किशोर किशोरी खुलेर बोल्ने बनाउनका लागि अतिरिक्त क्रियाकलापमा विद्यार्थीलाई जोडन आग्रह गर्नु भयो । विद्यालयमा वडा सरकारकाे तर्फबाट सहयोग गर्न तत्पर रहेको बताउनु भयो ।

Saud Agro Kailash

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गंगा थापाको अध्यक्षतामा भएको कार्यक्रम विद्यालयका प्रधानाध्यापक मदन बहादुर बोगटीले किशोर किशोरी मैत्री सेवा, विद्यालय नर्सिङ सेवा लगाएतका कार्यक्रम विद्यालयमा प्रभावकारी बन्दै गएका बताउनु भयो ।

आगामी दिनमा विद्यार्थीका समस्यालाई समाधान गर्दै जाने बताउनु भयो । कार्यक्रममा सहभागी किशोरकिशोरीले विद्यालयमा खानेपानी, शौचालयको सरसफाइ, सेनेटरी प्याड ब्याबस्थापन लगाएतका बिषयमा जिज्ञासा राखेका थिए ।

अन्तरक्रियामा वठा नम्बर २ का पुर्व अध्यक्ष मान बहादुर बोगटी, वडा नम्बर १ सदस्य गंगा थापा, UNFPA अछामका प्रमुख भरत गोतामे लगाएतका अतिथि रहनु भएको थियो ।

कार्यक्रमको सहजिकरण पत्रकार टेक बहादुर थापा र कमल रावलले गर्नु भएको थियो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.