
धिर्जा ढकाल, भदौ २८ कमलबजार :
कमलबजार नगरपालिकाका ५ जना अनाथ तथा बिपन्न बालबालिकालाई आर्थीक सहयोग गरिएको छ । युनिसेफ नेपालको आर्थीक सहयोगमा बास नेपालद्धारा ५ जना बालबालिकालाई सहयोग गरिएको हो ।

कमलबजार नगरपालिका वडा नं १ का कृष्णा नेपाली र दिनेश बिक त्यसैगरी वडा नं १० का हिमा खड्का, तपेन्द्र बिष्ट र सुरत भण्डारी गरी जम्मा ५ जना बालबालिकालाई जनही ५ हजारका दरले आर्थीक सहयोग गरिएको बास नेपालमा कार्यरत जिरा कुमारी बिष्टले जानकारी दिनुभयो ।
आर्थिक हस्तान्तरण कार्यक्रममा कमलबजार नगरपालिका १ का वडा अध्यक्ष भक्त बहादुर बोहरा, वडा नं १० का कार्यबाहक वडा अध्यक्ष हस्त बिष्ट, कमलबजार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खड्ग बहादुर बिष्ट र महिला, वालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख डम्बर ढुंगाना, ईलाका प्रहरी कार्यालय कमलबजारका प्रमुख लगाएतको सहभागीता रहेको थियो ।
बास नेपालले यस अघि पनी अनाथ तथा बिपन्न बालबालिका लाई सहयोग गदै आएको छ ।
