राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाममा ५९ विद्यालय छनोट

अछाम : राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि अछाम जिल्लाका ५९ विद्यालय छनोट भएका छन् । शैक्षिक सुधार कार्यक्रम अन्तर्गत विद्यालय भवन तथा आईसीटी व्यवस्थापनका लागि आवेदन दिएका विद्यालय मध्ये ५९ विद्यालय छनोट भएका हुन् ।

शैक्षिक सुधार कार्यक्रमका लागी सबैभन्दा बढी अछामको रामारोशन गाउँपालिकाका १३ ओटा विद्यालय छनोट भएका छन् भने मंगलसेन नगरपालिका, ढकारी गाउँपालिकाका ७÷७, पञ्चदेवल विनायक नगरपालिका, तुर्माखाँद गाउँपालिकाका ६÷६ ओटा विद्यालय छनोट भएका छन् ।

यसैबिच जिल्लाको कमलबजार गनगरपालिका, साँफेबगर नगरपालिका, बान्नीगढी जयगढ गाउँपालिका, चौरपाटि गाउँपालिका र मेल्लेख गाउँपालिकाका ४÷४ ओटा विद्यालय छनोट भएका उल्लेख गरिएको छ ।

छनोटमा परेका ति विद्यालयमा आइसीटी ल्याब स्थापना, २ कोठे र ४ कोठे भवन निर्माण गरिने छन् । चालु आर्थिक वर्षमा १७ वटा विद्यालयमा आइसीटी ल्याब स्थापना हुनेछ भने २० ओटा विद्यालयमा दुई कोठे तथा १८ विद्यालयमा चार कोठे भवन निर्माण हुनेछन् ।

छनोट भएका विद्यालयहरुमा आइसीटी ल्याब स्थापना र भवन निर्माणको लागी आवश्यक बजेट पनि बिनियोजन गरिएको छ ।

यी हुन अछामबाट छनोट भएका विद्यालय :

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.