सुखी र समृद्ध जिवन यापनका लागि परिवार योजना आवश्यक : जनस्वास्थ्य अधिकृत ढुंगाना

Purnima Mobile
Kirci Gyan Kendra

टेक बहादुर थापा : स्वास्थ्य कार्यालय अछामका जनस्वास्थ्य अधिकृत झपटराज ढुंगानाले सुखी र समृद्ध जिवन यापनका लागि परिवार योजना आवश्यक रहेको बताउनुभएको छ । परिवार योजना बनाएको परिवारले मात्रै समाज विकासमा टेवा पुर्याउने भएकाले हरेक दम्पतीले परिवार योजना बनाउनु आवश्यक रहेको बताउनुभयो ।

Samajik New Add 2082

हाम्रो समाजमा परिवार योजना नबाएका दम्पतीको दैनिकी अस्त ब्यस्त भएको भन्दै आफ्नो पारिवारिक अवस्था हेरेर परिवार योजना बनाउनु आवश्यक रहेको जनस्वास्थ्य अधिकृत ढुंगानाको भनाई छ । राष्ट्रिय परिवार योजना दिवसको अवसरमा मंगलसेनमा आयोजना गरिएको विद्यालय स्तरिय वकृत्वकला कार्यक्रममा प्रमुख अतिथीको आशनबाट बोल्दै जनस्वास्थ्य अधिकृत ढुंगानाले अहिले परिवार योजनाको लागि थुप्रै परिवार नियोजनका साधनहरु उपलब्ध रहेकाले यसको सही प्रयोगरि परिवार योजना बनाउन अनुरोध गर्नुभएको छ ।
अहिले अछाम जिल्लामा पनि गर्भपत गराउने महिलाकोहरु बढेकाले यो रोक्ने एकमात्र उपाय भनेको परिवार योजना रहेको बताउनुभयो ।

Mellekh RM1

कार्यक्रममा बिशिष्ट अतिथीको आशनबाट बोल्दै सु आहारा अछामका कार्यक्रम संयोजक लोक बहादुर नेपालीले परिवार योजना नहुदा आज समाजमा कुपोषण,गरिबी र अशिक्षाको समस्या बढ्दै गएको बताउनुभएको छ । अहिलेपनि समाजमा छोरालाई महत्व बढिदिनु, महिलालाई परिवार योजनाको अधिकार नदिनु लगायतका कारणले समस्या सृजना भईरहेको बताउनुभयो ।

कार्यक्रममा विद्यार्थि संग दोहोरो अन्र्तकृया गर्दै संयोजक नेपालीले एक बौद्धिक नागरिक बनाउन हरेक आमाले बच्चा पेटमा भएदेखी नै उचित खानपानमा ध्यान दिएमा एक स्वास्थ नागरिक जन्मीदे बताउदै हरेक नागरिकले परिवार योजना बनाउनु आवश्यक रहेको बताउनुभयो ।

Saud Agro Kailash

कार्यक्रमा बोल्दै उहाले सबैभन्दा बढी खानपानमा ध्यान दिएर आफ्ना बच्चालाई कुपोषण हुनबाट जोगाउनुपर्नेमा नेपालीको भनाई छ । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक मदन बहादुर कुवरले विद्यार्थिहरुले आफ्नो पढाईको योजना संग संगै उमेर पुगीसकेपछि मात्रै बिहे गर्ने योजना बनाउनुपर्ने बताउनुभयो ।

आज आमा बुवाले छोराछोरीको बारेमा राम्रो गर्दागर्दैपनि कतिपय विद्यार्थिहरु योजना बिना नै आफ्नो दैनिकि चलाई रहेकाले उनीहरुको जिबन बर्वाद भएको बताउनुभयो । यस्ता अतिरिक्त कार्यक्रमले विद्यार्थिहरुलाई थप ज्ञान प्रदान गर्ने भएकाले यस्ता कार्यक्रममा सहभागि हुन विद्यार्थिहरुलाई अनुरोध गर्नुभएको छ ।

ब्यवस्थित परिवार हाम्रो अधिकार, हामी सबै जिम्मेवार भन्ने नाराका साथ सुरुभएको बक्तृत्वकला प्रतियोगीता कार्यक्रममा भाग लिएका विद्यार्थिहरुको प्रस्तुती यस्तो थियो ।

जिल्ला स्वास्थ्य कार्यालय अछामको आयोजना युएनएपीए र फाया नेपालको प्राविधिक सहयोगमा भएको कार्यक्रममा फाया नेपालका रमेश बहादुर थापा, जिल्ला स्वास्थ्य कार्यालय अछामका हेल्थ असिस्टेन्ट भुमिनन्द ढुंगाना, रेडियो गाउँघरका कार्यकारी निर्देशक टेक बहादुर थापा लगायतको सहभागिता रहेको थियो ।

कार्यक्रमको संचालन विद्यार्थि रिवाज बोगटीले गर्नुभएको विद्यालयका सुचना अधिकारी शंकर बहादुर रावलले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.