पहिरो पीडितको उद्धार तथा राहतमा कमी हुँदैन : श्रम मन्त्री कुँवर, मन्त्री कुवर र प्रदेश राज्यमन्त्री सोडारीद्धारा पहिरो प्रभावित क्षेत्रको स्थलगत अनुगमन

अछाम : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेर बहादुर कुँवरले अछामका पहिरो पीडितलाई राहत तथा उद्धारमा कुनै कमी हुन नदिने बताउनुभएको छ ।

शुक्रबार रातिको बाढी र पहिरोमा परी २२ जना पहिरो र १ जनाको खोलाले बगाएर मृत्यु भएको अछाममा पुगी मन्त्री कुँवरले विपद्को बेला सबैले सचेत हुन समेत आग्रह गर्नुभयो ।

पहिरो प्रभावित अछामको कमल बजारको हात्तिबाँझ, कमल बजार एयरपोर्ट, ढकारी र तुर्माखाँदका पीडितलाई मन्त्री कुँवरसँगै सुदूरपश्चिमका आर्थिक मामिला तथा योजना राज्यमन्त्री बलबहादुर सोडारी, प्रमुख जिल्ला अधिकारी विश्वराज मरासिनीसहितको टोलीले पहिरोमा पुरिएर मृत्यु भएका स्थानको निरीक्षण गर्नुभयो ।

मन्त्री कुँवर पहिरो प्रभावित क्षेत्रमा गई राहत सामग्री पनि वितरण गर्नुभयो । मन्त्री कुँवरले त्रिपाल, ब्लांकेट, खाद्यान्न लगायत सामग्रीसहित नगद सहयोग गर्नु भएको थियो ।मन्त्री कुँवरले मृतक प्रतिव्यक्ति १० हजारका दरले मृतकका आफन्तलाई सहयोग गर्नुभएको हो ।

यसैगरी गृह मन्त्रालय मार्फत प्राप्त प्रति परिवार १ लाखका दरले किरिया खर्च उपलब्ध गराउनुभएको छ । थप सहयोग पछि हुने र तत्कालका लागि किरिया खर्च बापत प्रतिपरिवार १ लाख उपलब्ध गराइएको छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.