ढकारी गाउँपालिकामा बुद्धिजिवी परिषदको पालिका स्तरिय कमिटी गठन

ढकारी गाउँपालिकामा नेपाल बुद्धिजिवी परिषदको पालिका स्तरिय कमिटी गठन गरिएको छ । नमराज जैसीको अध्यक्षतामा भएको भेलाले बम बहादुर बुढाको अध्यक्षतामा १९ सदस्यीय पालिका स्तरिय कमिटी गठन गरिएको हो ।

Everest Incitute

जसमा उपाध्यक्ष सुर्ज बहादुर शाही, सचिव जनक थापा, उपसचिव रमेश विक, राम थापा, कोषाध्यक्ष लक्ष्मी कुमारी साउद बुढा लगाएतका सदस्य रहेका छन । नेकपा एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य धर्म बहादुर शाही प्रमुख अतिथि रहनु भएको कार्यक्रममा एमाले ढकारी गाउपालिका ईन्चार्ज टोप बहादुर शाही लगाएतका अतिथि रहनु भएको थियो ।

भेलाले यहि भाद्र ३१ गते रातिको अविरल बर्षामा कमलबजार नगरपालिका, तुर्माखाँद गाउँपालिका र ढकारी गाउँपालिकामा ज्यान गुमाएका प्रति श्रद्धाञ्जली अर्पण गर्नुका साथै घाइतेको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

कार्यक्रमको संचालन धर्म बहादुर साउदले गर्नु भएको थियोे ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.