अछामका बाढीपीडितलाई राष्ट्रसेवक कर्मचारीको ३५ हजार बढी आर्थिक सहयोग

Kirci Gyan Kendra

अछाम : भाद्र महिनाको १० गते देखि ३५ दिनसम्म सम्म डोटीको पुन्नामा सञ्चालन भएको सेवा कालिन तालिममा सहभागी संघ प्रदेश र स्थानीय तहका सहायक स्तरका ४५ जना निजामती कर्मचारीहरुले आर्थिक संकलन गरेर अछामका बाढीपिडित परिवारलाई सहयोग गरेका हुन् ।

Samajik New Add 2082
Saud Agro Kailash

तालिममा सहभागि कर्मचारीहरुबाट संकलन भएको ३५ हजार १५ रुपैया ढकारी गाउँपालिकामा कार्यरत आलेप जनक प्रसाद उपाध्यायले जिल्ला बिपत ब्यवस्थापन कोष अछामको खातामा जम्मा हुनेगरि अछामका प्रमुख जिल्ला अधिकारी रामदत्त पाण्डेलाई हस्तान्तरण गरेका हुन ।

उक्त रकम तुर्माखाद गाउँपालिका, कमलबजार नगरपालिका र ढकारी गाउँपालिका गरी ३ वटा पालिकाका बाढीपीडितलाई सहयोग गरिनेछ ।

अछाममा भदौ ३१ गते रातिको बाढीपहिरोबाट भएको मानवीय तथा भौतिक क्षेतीलाई मध्यनजर गर्दै तालिममा सहभागीहरुबाट राहत स्वरुप आर्थिक संकलन गरिएको उपाध्यायले बताए ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.