तापिरवा खोलाले बगाउँदा एक महिला बेपत्ता

मंगलसेन नगरपालिका वडा नम्बर ९ अन्तर्गत पर्ने तापिरवा खोलाले बगाउँदा एक जना महिला बेपत्ता भएकि छन । वडा नम्बर ११ गिटिखौला टोल निवासी धन बहादुर रावलकी ४४ बर्षिय श्रीमती सरस्वती रावल बेपत्ता भएका हुन ।

बयलपाटा बाट घर फर्केन क्रममा आज दिउसो २ बजेको समयमा खोलाले बगाएको हो । यतिबेला नेपाल प्रहरी, स्थानियको टोलिले कैलाशखोला क्षेत्र र तापिरवा खोला क्षेत्र वरपर बेपत्ताको खोजी कार्य जारी राखेको छ ।

Health office
P & T Computers
Leave A Reply

Your email address will not be published.