अछाम क्षेत्र नम्बर २ मा २०७४ संघिय निर्वाचनमा प्रतिस्पर्धा गरेका उम्मेदवार नै २०७९ को निर्वाचनमा भिडने भएका छन । मंगलसेन नगरपालिका भित्र पर्ने नेकपा एमालेको तर्फबाट निवर्तमान सासंद यज्ञ बोगटी र गठबन्धनको तर्फबाट नेपाली काग्रेस अछामका सभापति पुष्प बहादुर शाह चुनावी मैदानाा उत्रेका छन ।
२०७४ मा माओवादी केन्द्र र एमाले गठबन्धन हुदा बोगटी उम्मेदवार थिए भने यति बेला ठिक विपरीत हुदा नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र नेपाली काग्रेसको गठबन्धन तर्फबाट पुष्प बहादुर शाहले टिकट पाएका छन ।
२०७४ र २०७९ को गठबन्धन ठिक विपरीत भएपछि हरेकको चासो निर्वाचन केन्द्रीत भएको छ । नेपाली काग्रेसको उपसभापति पदबाट राजिनामा दिईसकेपछि युवा नेता चन्द्र प्रसाद ढुंगानाले क्षेत्र नम्बर २ बाट संघिय सासंदका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गरिसकेका छन ।
नेकपा एमालेको तर्फबाट पुराना नेता शिव प्रसाद उपाध्याय र गठनबन्धनको तर्फबाट नेपाली काग्रेसका पुराना नेता मान बहादुर रावलले क्षेत्र नम्बर २ प्रदेश सभा ख मा टिकट पाएका छन । यस्तै क मा एमालेको तर्फबाट भिम बहादुर बिष्ट र गठबन्धनको तर्फबाट टुंगो लाग्न बाकी नै छ ।
प्रदेश सभा ख अन्तर्गत मंगलसेन केन्द्रीत उम्मेदवार छनोट भएपछि तल्लो भैसोले क्षेत्रका नेता तथा कार्यकर्तामा आक्रोश समेत देखिएको छ । एमालेको तर्फबाट प्रदेश सभा ख मा उम्मेदवारका लागि सिफारिस भएका पुराना नेता दिपक अधिकारीले आफुलाई पार्टीले अन्याय गरेको भन्दै स्वन्त्र उम्मेदवारी दिने सामाजिक संजाल मार्फत घोषणा गरिसकेका छन ।