अछाम २ मा संघ तर्फ चन्द्र प्र. ढुंगाना र क प्रदेशमा बम ब. बिसीद्धारा स्वतन्त्र उम्मेदवारी दर्ता

Kirci Gyan Kendra

आगामी मंसिर ४ मा हुने संघिय र प्रदेश सभा निर्वाचनमा अछाम क्षेत्र नम्बर २ मा संघ तर्फ चन्द्र प्रसाद ढुंगाना र प्रदेश सभा क बाट बम बहादुर बिसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन ।

Samajik New Add 2082
Saud Agro Kailash

नेपाली काग्रेसको उपसभापति पदबाट स्थानीय तहको निर्वाचन लगतै राजिनामा दिएर स्वतन्त्र बनेका युवा नेता ढुंगानाले संघमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । प्रदेश सभा क बाट स्वतन्त्र उम्मेदवारी दर्ता गराएका नेता बम बहादुर बिसी एमाले सुदुरपश्चिम प्रदेश कमिटी सदस्य थिए ।

 स्थानिय तहको निर्वाचन तुर्माखाँद गाउँपालिका अध्यक्षको टिकट नपाए देखि रुष्ट बनेका नेता बिसीको नाम प्रदेश क मा नाम सिफारिस भएको थियो  । उनलाई पार्टीले टिकट नदिएर विनायक क्षेत्रका नेता भिम बहादुर बिष्टलाई टिकट दिएको छ । त्यसपछि बिसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.