भलिबल प्रतियोगिताको उपाधि मेल्लेख ७ नन्देगडालाई

मंगलसेन नगरपालिका वडा नम्बर ६ ठुलासैनमा सम्पन्न खुल्ला पुरुष भलिबल प्रतियोगिताको उपाधि मेल्लेख गाउपालिका ७ नन्देगडाले हात पारेको छ । आज भएको फाईनल खेलमा रामारोशन गाउँपालिका ७ सुतारलाई पराजित गर्दै नन्देगडा प्रथम भएको हो ।

प्रथम नन्देगडाले नगद ५१ हजार सहित कप, प्रमाणपत्र र दोस्रोमा चित्त बुझाएको सुतारले कप, प्रमाण सहित नगद ३१ हजार प्राप्त गर्दा कमलबजार नगरपालिकालाई पराजित गर्दै तेस्रो बनेको मंगलसेन नगरपालिका ३ ले कप, प्रमाणपत्र सहित नगद २१ हजार पुरुस्कार पाएको छ ।

Mangala School 2081 subhakamana

विजयादशमी तथा शुभदिपावलिकाे अबसर पारेर सिर्जनसिल युवा क्लब मंगलसेन नगरपालिका ६ को आयोजनामा भएको प्रतियोगिताको समापन कार्यक्रममा मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनु भएको थियो । विजेतालाई पुरुस्कार वितरण गर्दै नगरप्रमुख बोहराले युवालाई खेल क्षेत्रमा आकर्षित गर्न नगरको तर्फबाट सहयोग हुँदै आएको बताउनु भयो । क्रमिक रुपमा खेल मैदान समेत निर्माण हुँदै आएकाले भलिबल, क्रिकेट, फुटवल जस्ता खेलकुद प्रतियोगिताका लागि नगरपालिका अघि बढने बताए ।

क्लबका अध्यक्ष टंक भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा अछाम क्षेत्र नम्बर २ मा प्रतिनिधि सभा स्वतन्त्र उम्मेदवार चन्द्र प्रसाद ढुंगाना, मंगलसेन नगरपालिका वडा नम्बर ४ का अध्यक्ष नामसिंह धामी, वडा नम्बर ५ का अध्यक्ष झंकर प्रसाद भाट, वडा नम्बर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, वडा नम्बर ७ का अध्यक्ष राज बहादुर शाही, वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा लगाएतका अतिथि रहनु भएको थियो ।

असोज २५ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १७ टिमले सहभागीता जनाएका थिए ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.