मंगलसेन रामारोशन सडकखण्डको वलिगाउ क्षेत्र अनिश्चितका लागि बन्द हुदै

मंगलसेन, वलिगाउ हुदै रामारोशन सडक खण्डको वलिगाउ खण्ड अनिश्चित समयका लागि बन्द गरिने भएको छ । वलिगाउ क्षेत्र अन्तर्गत वडा नम्बर ८ को कार्यालय देखि कालाखोला जिरो प्वाइन्टसम्म सडक मर्मत कार्य भईरहेकाले बाटो बन्द हुने भएको हो ।

Everest Incitute

करिब २ कलोमिटर सडकसम्म मर्मतमा निकै जोखिम सहित घरहरु भएकाले अबरुद्ध गरेर नै काम गर्नु परेको निर्माण कम्पनीले जनाएको छ । सडक निर्माणमा करिब एकहप्ता बढी समय लाग्न सक्ने भएकाले नागरिकलाई वैकल्पिक बाटो प्रयोग गर्न सुचना मार्फत गरिएको निर्माण कम्पनी साउद कन्ट्रकसन पालिका साईड ईन्चार्ज लोचन स्वारले बताउनु भयो ।

मंगलसेन देखि वलिगाउ कालागाउ सडक खण्डको हाल निर्माण कार्य जारी रहेको छ । १६ करोडमा ग्राभिलको समेत काम हुने गरि १४ किलोमिटरको काम दुर्त गतिमा हाल काम भईरहेको छ । निकै जोखिम क्षेत्रमा आवातजावत रोकेर काम गर्नुपर्ने भएकाले पैदलयात्री, मोटरसाईकल, जिप तथा टयाक्टर चालकलाई वैकल्पिक बाटो प्रयोग गर्न वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराले आग्रह गर्नु भयो ।

Health office
P & T Computers
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.