
अछाम, ११ पुषः

सेभ द चिल्ड्रेन र वाक नेपालको साझेदारीमा मंगलसेन नगरपालिकाको सहकार्यमा संचालित पावर परियोजनाको वार्षिक समिक्षा तथा परियोजना सल्लाहकार समितिको बैठक मंगलसेनमा सम्पन्न भएको छ । परियोजना मार्फत सन २०२२ मा भए गरेका क्रियाकलापबारे समिक्षा तथा छलफल गरिएको हो ।

मंगलसेन नगरपालिका वडानम्वर ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारीको अध्यक्षतामा भएको समिक्षा कार्यक्रममा पावर परियोजना मार्फत परियोजना संचालित वडानम्वर ४, ५, ६ र ७ मा भए गरेका क्रियाकलापहरुबारे जानकारी गराईएको थियो । संस्था मार्फत भएका गतिविधि र लक्षित समुदायमा आएको परिवर्तनबारे वाक नेपालका परियोजना संयोजक महाँदेव ओझाले जानकारी गराउँनुभएको थियो ।
समिक्षा कार्यक्रमका सहभागी सरोकारवालाहरुले परियोजना मार्फत लक्षीत वर्ग युवा र विद्यार्थिहरुमा सकारात्मक परिवर्तन आएको र जिवीकोपार्जन तथा व्यवहार परिवर्तनमा सहयोग पुगेको बताएका छन । आगामी दिनमा परियोजनाले समुदाय लक्षित थप गतिविध गर्नुपर्नेमा सहभागीको जोड थियो ।
कार्यक्रममा मंगलसेन नगरपालिका वडानम्वर ७ का अध्यक्ष राज बहादुर शाही, नगरपालिकाका सूचना अधिकारी बिष्णु प्रसाद जैशी लगायत सम्वन्धित वडाका माध्यामिक विद्यालयका प्रधानाध्यापक, नगरपालिकाका कर्मचारी लगायतको सहभागिता रहेको थियो ।

