मंगलसेन ८ का ४० जना जेष्ठ तथा विपन्न नागरिकलाई सम्मान

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका वडा नम्बर ८ वलिगाउका ४० जना जेष्ठ नागरिक तथा विपन्न नागरिकलाई सम्मान गरिएको छ । वडाको तर्फबाट चिसो मौसममा न्यानोका लागि कम्मल हस्तान्तरण सहित सम्मान गरिएको हो ।

Samajik New Add 2082

जेष्ठ नागरिकलाई चिसो मौसममा न्यानो लुगा नहुने तथा विपन्न नागरिकले खरिद गर्न नसक्ने अबस्थालाई मध्येनजर गर्दै वडाको तर्फबाट सम्मान गरिएको वडा अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहराले बताउनु भयो । आगामी दिनमा महिला, बालबालिका, युवा, गरिब, विपन्न तथा जेष्ठ नागरिकलाई उपलब्धी मुलक हुने कार्यक्रमलाई निरन्तर जारी राख्ने अध्यक्ष बोहराले बताउनु भयो ।

Saud Agro Kailash

सम्मान तथा कम्मल वितरण कार्यक्रममा वडा अध्यक्ष बोहरा सहीत वडा सदस्य, समाजसेवि, बुद्धिजिवीको सहभागिता रहेको वडा सचिव दिपक खड्काले जानकारी दिनु भयो ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.