मंगलसेन नगरपालिका, नगरसभाको १० औं अधिवेशन सम्पन्न, १३ वटा विधेयक पारित
विभिन्न प्रतिवेदन र विधायन समिति अनुमोदन
मंगलसेन नगरपालिका, नगरसभाको १० औं अधिवेशन सम्पन्न भएको छ । नगरपालिकाका लागि आवश्यक पर्ने विभिन्न १३ वटा बिधेयक पारित गर्दै नगरसभा सम्पन्न भएको हो । अछाम क्याम्पसको सभाहलमा सम्पन्न अधिवेशनमा नगरसभा सदस्यहरु बाट प्रस्तुत भएका १३ वटा विधेयकहरु र विभिन्न प्रतिवेदनहरु सर्वसम्वत रुपमा पारित गरिएका छन् ।
विधेयकहरुमा नगर शिक्षा समन्धीको बिद्येयक – २०७९, एफ.एम. रेडियो संचालन समन्धीको बिध्ययक – २०७९, स्वास्थ्य तथा सरसफाई समन्धीको बिधेययक -२०७९, तथ्यांक तथा अभिलेख व्यवस्थापन समन्धीको विधेयाक -२०७९ लाई नगरसभा बाट पारित गरिएको छ । यस्तै अधिवेशन बाट कर तथा गैर कर राजश्व संकलन समन्धिको बिध्ययक -२०७९, नगर प्रहरी व्यवस्थापन सम्वन्धि बिधेयक -२०७९, कृषि तथा पशुपंक्षी सम्वन्धि विधेयक -२०७९, संघ सस्था दर्ता तथा नविकरण सम्वन्धिको विधेयक -२०७९, वन व्यवस्थापन सम्वन्धि बिधेयक -२०७९, वाताबरण तथा प्राकृतिक स्रोत संरक्षण सम्वन्धि बिधेयक -२०७९, विपद् जोखिम न्यूनिकरण तथा व्यावस्थापन सम्वन्धि बिधेयक -२०७९ र विनियोजन ऐन संसोधन सम्वन्धि विधेयक पारित गरिएको छ ।
नगरसभाको दशौं अधिवेशनबाटै न्यायीक समितिको प्रतिवेदन, बेरुजु सम्वन्धि प्रतिवेदन र जिन्सि प्रतिवेदन पनि सर्वसम्मत पारित गरिएको छ । यस्तै नगरसभाबाटै वडा नम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावलको संयोजकत्वमा ५ सदस्यीय विधायन समिति पनि अनुमोदन गरिएको छ । समितिमा नगरसभा सदस्यहरु दुर्गा प्रसाद भण्डारी, गोकर्ण ढुंगाना, मैसरा थापा र नैन बहादुर कामी सदस्य रहनुभएको छ ।
नगर प्रमुख तथा सभाअध्यक्ष पदम बहादुर बोहराले सुदूरपश्यिम प्रदेशको गाउँ तथा नगरसभा संचालन ऐन २०७५ बमोजिम नगरसभा संचालन गर्नुभएको थियो । विगत वर्षहरुदेखि नै संसदीय अभ्यास अनुसार सभा संचालन गरिरहेको नगरपालिकाले यसपालि अझ परिस्कृत र व्यवस्थित रुपमा सभा संचालन गर्दा नगरसभा सदस्यहरुले नयाँ अनुभव गरेका थियए भने संसदिय पद्धति अनुसारनै नगरसभामा भाग लिएका थिए ।
नगरसभा सदस्य तथा विधेयक प्रस्तुतकर्ताका रुपमा नगर उपप्रमुख संगिता कुमारी रावल, वडा नम्वर १२ का अध्यक्ष खगेन्द्र बहादुर रावल, ३ का अध्यक्ष बृख बहादुर बोगटी, ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ६ का अध्यक्ष देवेन्द्र प्रसाद भण्डारी, १ का अध्यक्ष लोकराज नाथ, ११ का अध्यक्ष नर बहादुर भण्डारी, ४ का अध्यक्ष नाम सिंह धामी, ५ का अध्यक्ष झंकर प्रसाद भाट, १० का अध्यक्ष जनक बहादुर कुवर, १४ का अध्यक्ष शिव बहादुर सोडारी, ७ का अध्यक्ष राज बहादुर शाही, २ का अध्यक्ष देबेन्द्र बहादुर बोगटी र कार्यपालिका सदस्य कौशिल्ला ठकुल्लाले विभिन्न विधेयक तथा प्रतिवेदन पारित गरियोस भनि प्रस्ताव पेश गर्नुभएको थियो ।
सभामा प्रस्तुत विधेयकहरुमा दफावार छलफलमा भाग लिएका सदस्यहरुले आवश्यक सुझाव, जिज्ञासा र धारणा राख्नुभएको थियो । सभा सदस्यहरु दुर्गा प्रसाद भण्डारी, नैन बहादुर बिक र गोकर्ण ढुंगानाले विधेयकहरु माथि धारणा राख्नुभएको थियो । सभा सदस्यले राखेका सुझाव तथा जिज्ञासाहरुको विधेयक प्रस्तुतकर्ताबाट जवाफ सहित अभिलेख समेत राखिएको नगरपालिकाले जनाएको छ ।
नगर प्रमसख पदम बहादुर बोहराले संसदीय अभ्यास अनुसार संचालन गर्नुभएको सभामा अधिवक्ता झंकर बहादुर कुवरले र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारी लगायतले सहजिकरण गर्नुभएको थियो । नगरपालिकाका सबै नगरसभा सदस्यहरु, कर्मचारीहरु र पत्रकारहरुको उपस्थिति रहेको १० औं नगरसभाको संक्षिप्त प्रतिवेदन शुक्रबार सार्वजनिक गरिने सूचना अधिकारी विष्णु प्रसाद जैशीले जानकारी दिनुभयो ।