मंगलसेनमा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ११ वटा ईभेन्टका २२ खेलहरु सम्पन्न

मंगलसेन नगरपालिकामा जारी राष्ट्रपति रनिङ सिल्ड प्रतियोगितामा ११ वटा ईभेन्टका २२ खेलहरु सम्पन्न भएका छन । प्रतियोगितामा भलिबल र कबडी बाहेकका ईभेन्टहरुको खेल सम्पन्न भएको हो ।

हालसम्मको पदक तालिका अनुसार ३ हजार मिटर दौडमा छात्रतर्फ मंगला नेरा माविका जगत आउजी र छात्रातर्फ  गंगा माविका समिक्षा भण्डारी, १०० मिटरमा छात्रतर्फ मंगला नेरा माविका विमल साउद र छात्रातर्फ अछाम बहुमुखी क्याम्पसका कौशि ढुंगाना, २०० मिटर दौडमा मंगला कै निसान्त नेपाली र छात्रातर्फ अछाम क्याम्पसका कौशि ढुंगाना, ४०० मिटर दोडमा छात्रारतर्धाफ  माविका फिलिप्स केसी र छात्रातर्फ गंगा माविका अमृता भण्डारी, ८०० मिटर दोडको छात्रतर्फ षोडशा माविका योगेन्द्र थापा र छात्रातर्फ गंगा माविका इसरा भण्डारी तथा १५ सय मिटर दौडमा छात्रतर्फ मंगला नेरा माविका जगत आउजी र छात्रातर्फ गंगा माविका समिक्षा भण्डारी प्रथम भएका छन ।

यस्तै ज्यावलिङ थ्रो मा छात्रतर्फ षोडशा माविका लक्की बोगटी र छात्रातर्फ कुन्ति माविका सरस्वती साउदले प्रथम स्थान हासिल गरेका छन । लङजम्पमा छात्रतर्फ मंगला नेरा माविका समिर जैशी र छात्रातर्फ पनि मंगलाकै सिर्जना बुढा प्रथम भएका छन ।

Mangala School 2081 subhakamana

त्रिपलजम्पमा छात्रतर्फ राधा माविका रोशन केसी र छात्रातर्फ अछाम क्याम्पसका वसन्ति ठकुल्लाले प्रथम स्थान हासिल गरेका छन भने हाईजम्पमा छात्रतर्फ यसोधरा माविका उपेन्द्र धामी र छात्रातर्फ पनि यसोधराकै सारदा धामी प्रथम भएका छन । सटपुटमा छात्रतर्फ षोडशा माविका सागर बिष्ट र छात्रातर्फ कुन्ति माविका सरस्वती साउदले प्रथम स्थान हाँसिल गरेका छन ।

हालसम्मको पदक तालिका अनुसार छात्र-छात्रा गरि २२ वटा खेलमध्ये सबैभन्दा बढी मंगला नेरा मावि ६ खेलमा प्रथम भएको छ भने गंगा  मावि ४ खेलमा, षोडशा मावि र अछाम क्याम्पस समान ३/३ खेलमा, कुन्ति मावि र यसोधरा मावि समान २/२ खेलमा प्रथम स्थान हासिल गर्न सफल भएका छन ।

प्रतियोगितमा भलिबल छात्र-छात्रा र कबड्डी छात्र-छात्रा को फाईनल बाँकी रहेको नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका  प्रा.स. दिपक बहादुर भण्डारीले जानकारी दिनुभयो । नगर नगर क्षेत्र भित्रका ११ वटा मावि र १ क्याम्पसको सहभागिता रहेको प्रतियोगिताको बुधबार एक समारोहका विच समापन गरिने छ ।

Health office
Everest Incitute
Saud Agro Kailash
Leave A Reply

Your email address will not be published.