पालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा मंगला नेरा मावि वलिगाउ प्रथम

Kirci Gyan Kendra

मंगलसेन नगरपालिका स्तरीय १३ औं राष्ट्रपति रनिङ शिल्ड छनोट प्रतियोगितामा मंगला नेपाल राष्ट्रिय माध्यमिक विद्यालय वलिगाउ प्रथम भएको छ । आज सकिएको छनोट प्रतियोगितामा स्वर्ण, रजत र कास्य गरि ७४ पदक मध्ये १० पदक हात पार्दै मंगला प्रथम भएको हो । प्रथम मंगलाले ७ स्वर्ण, १ रजत र २ कास्य हात पारेको हो ।

Samajik New Add 2082

दोस्रो भएको षोडशा माध्यामिक विद्यालय मंगलसेनले ५ स्वर्ण, ६ रजत र २ कास्य गरि १३ पदक जितेको छ । भने तेस्रो भएको अछाम बहुमुखि क्याम्पसले ८ पदक, चौथो गंगा माविले १० पदक, पाँचौं कुन्ति माविले ७ पदक, छैटौं यशोधरा माविले १० पदक, सातौँ राधा माविले ५ पदक, आठौं अन्नपूर्ण माविले ३ पदक, नवौँ कालिका माविले ५ पदक, दशौँ शिशुसुधार माविले २ पदक र एघारौं स्थानमा रहेको १ पदक हात पारेको थियोे ।

Saud Agro Kailash

माघ २१ गतेबाट सुरु भएको प्रतियोगितामा अछाम क्याम्पस सहित १२ माध्यमिक विद्यालयले सहभागीता जनाएका थिए । प्रथम, द्धितिय, तृतीय र शान्तवना विद्यालयलाई रनिङ शिल्ड, कप, मेडल, प्रमाणपत्र र नगद रकम प्रमुख अतिथि जिल्ला समन्वय समिति प्रमुख ललित वहादुर कुवर, बिशिस्ट अतिथि मंगलसेन नगरपालिका प्रमुख पदम बहादुर बोहरा, अन्य अतिथिले हस्तान्तरण गरेका थिए ।

पालिकामा मंगला नेरा मावि प्रथम भएपछि जिल्ला समन्वय अछामका प्रमुख ललित वहादुर कुवरले आफ्नो व्यक्तिगत तर्फबाट नगद ५ हजार ५ सय ५५ पुरुस्कार समेत दिएका थिए ।
हेर्नुहोस पदक विजेताको पूरा विवरण :

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.