साँफेबगरमा बैंक तथा वित्तिय संस्था र लघुवित्त विरुद्ध आन्दोलन गर्न संघर्ष समिति गठन

Kirci Gyan Kendra

अछामको साँफेबगरमा बैंक तथा वित्तिय संस्था र लघुवित्त विरुद्ध आन्दोलन गर्न संघर्ष समिती गठन भएको छ । पिडित महिला तथा अन्य सरोकारवालाको सहभागितामा साँफेबगरका विभिन्न क्षेत्रमा आवद्ध महिलारुले २१ जनाको संघर्ष समिती गठन गरेका हुन ।

Samajik New Add 2082
Saud Agro Kailash

सघर्ष समितीको संयोजकमा राधिका नेपाली चयन गरिएको छ । अन्य सदस्यहरुमा पवित्रा खड्का, रुपा देवल, पुजा देवल, पवन वादी, बसन्ती बुढा लगायत रहेका छन । सोही अवसरमा कवि निभा शाहको नेतृत्वमा सल्लाहकार समिति पनि गठन गरिएको छ ।

नेपाल कम्युनिष्ट पार्टि अछामको पहलमा भएको अन्तरक्रिया कार्यक्रममा सहभागि महिलाहरुले सबैभन्दा बढि आफुहरुलाई लघुवित्त संस्थाहरुले हैरान पारेको गुनासो गरेका थिए । बैंकको किस्ता तिर्छु भन्दापनि पटक पटक फोन गरेर तनाव दिने गरेको बताएका छन । यही कारणले आफुहरु ठुलो समस्यामा परेको उनीहरुको भनाई थियो । लघुवित्तहरुको दादागिरि रहने हो भने धेरैका घरबार बिग्रने भन्दै यस तर्फ सरोकारवाला गम्भिर बन्नुपर्ने संघर्ष समितिको माग छ ।

कार्यक्रममा नेपाल कम्युनिस्ट पार्टी पश्चिम अछाम जिल्ला सचीव निरक सि, कवि तथा महिला नेतृ निभा शाह, अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज दिपेन्द्र सि, अखिल क्रान्तिकारी पश्चिम जिल्ला संयोजक एकेन्द्र सि, जनपत्रकार संगठन नेपालका केन्द्रिय सदस्य खेमराज सि, नेपाल कम्युनिस्ट पार्टी जिल्ला सदस्य जोगेन्द्र सि, सल्लाहकार सदस्य मीन बहादुर सि, व्यापारी, पत्रकार लगायत अन्य सरोकारवालाको सहभागिता रहेको अखिल क्रान्तिकारी जिल्ला इन्चार्ज दिपेन्द्र सि ले जानकारी दिनुभएको छ ।

Health office
Everest Incitute
Leave A Reply

Your email address will not be published.