वलिगाउमा जारी १४ औं जिल्ला स्तरीय क्रिकेट प्रतियोगितामा साफेबगर युवा क्लब फाईनलमा प्रवेश भएको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा लाहुरे कोल्ड स्टोर मंगलसेनलाई सुपर ओभरमा १ रनले पराजित गर्दै उपाधि नजिक पुगेको हो ।
निर्धारित १० ओभरमा मंगलसेनले ७२ रन बनाउदा साफेबगरले पनि १० ओभरमा ७२ रन नै बनाएपछि खेल सुपरओभरमा पुगेको थियो ।
सुपर ओभरको खेलमा साफेबगरले ६ रन बनाएको थियो । जवाफमा मंगलसेन ५ रनले समेटिएको थियो ।
दोस्रो सेमिफाइनल खेल भोलि बिहान ९ बजे आयोजक कृष्ण वीर स्मृति युवा क्लब र टंक स्मृति युवा क्लब जुपु बिच हुनेछ । फाईनल खेलपनि भोलि दिउँसो १ बजे हुनेछ ।
