खेलाडीको हौसला प्रदानका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने : एमाले सचिव रावल

नेकपा एमाले अछामका सचिव भिम बहादुर रावलले खेलाडीको हौसला प्रदानका लागि सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताउनु भयो । वलिगाउमा सम्पन्न १४ औं जिल्ला स्तरीय तथा शुभकामना कप क्रिकेट प्रतियोगितामा समापन कार्यक्रममा प्रमुख अतिथिको आशनबाट बोल्दै रावलले तिनै तहका सरकारले खेलकुद क्षेत्रमा लगानी बढाउनु पर्ने बताए ।

Samajik New Add 2082

उचित मैदान, खेलकुद सामाग्रीको अभावमा समेत युवाले उत्कृष्ट खेल प्रदर्शन गरिरहेका बताउनु भयो । साथै प्रमुख अतिथि रावलले आफ्नो पार्टीको तर्फबाट खेल क्षेत्रमा लगानि बढाउन नियमित पहलकदमी जारि रहने प्रतिबद्धता जनाए ।

मंगला विकास क्लबका अध्यक्ष झुलेन्द्र बहादुर रावलको अध्यक्षतामा भएको कार्यक्रममा वडा नम्बर ८ का अध्यक्ष ज्ञानेन्द्र बहादुर बोहरा, ९ का अध्यक्ष पदम बहादुर बोहरा, १० का अध्यक्ष जनक बहादुर कुवर, नेपाल राष्ट्रिय शिक्षक संगठन केन्द्रीय सदस्य नर बहादुर रावल, नेकपा एकीकृत समाजवादी जिल्ला सदस्य पुरन बहादुर रावल, एमाले वडा कमिटी सचिव श्यामसुन्दर रावल लगाएतका अतिथि रहनु भएको थियो ।

Leave A Reply

Your email address will not be published.