मंगलसेनमा लैंगिक हिंसा निवारण कोषको बारेमा सरोकारवाला संग अन्तरक्रिया

Purnima Mobile
Kirci Gyan Kendra

मंगलसेन, ५ असारः

Samajik New Add 2082

मंगलसेन नगरपालिकामा लैंगिक हिंसा निवारण कोषको बारेमा सरोकारवाला संग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । युएनएफपीएको सहयोगमा संचालित लैंगिक विभेदमा आधारित हिंसा रोकथाम तथा प्रतिकार्य परियोजना/पीसविन नेपालको आयोजना तथा मंगलसेन नगरपालिकाको समन्वयमा कार्यक्रम भएको हो ।

Mellekh RM1
Saud Agro Kailash

न्यायीक समिति संयोजक तथा नगर उपप्रमुख संगिता रावल सोडारीको अध्यक्षतामा भएको अन्तरक्रियामा नगर प्रमुख पदम बहादुर बोहरा प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख बोहराले नगरपालिकामा रहेको लैंगिक हिंसा निवारण कोषलाई बढाएर लैजाने बताउनुभयो । कोषको रकमबाट हिंसा पीडित महिलाहरुलाई विभिन्न क्षेत्रमा सहयोग गरिने भन्दै उहाँले हिंसा न्यूनिकरणमा टेवा पुग्ने बताउँनुभयो ।

कार्यक्रममा नगरपालिकाका निमित्त प्रमुख प्रमुख प्रशासकीय अधिकृत खकेन्द्र बहादुर सोडारीले साझेदार संस्थाहरुले पनि कार्यक्रम बनाँउदै गर्दा लैंगिक हिंसा कोषमा निश्चित रकम राख्ने गरि योजना बनाँउदा सहज हुने धारणा राख्नुभयो । कार्यक्रममा मंगलसेन नगरपालिकाका विभिन्न वडामा संचालित गतिविधिहरुको कार्यप्रगती प्रस्तुतीकरण गरिएको थियो ।

कार्यक्रममा लैंगिक हिंसा निवारण कोषका बारेमा नगरपालिका महिला बालवालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख मञ्जु महत, लैंगिक हिंसा रोकथाम सम्वन्धि पीसविनका जिल्ला संयोजक गोकुल खड्का, प्रतिकार्य सम्वन्धि सिएमसी नेपालका पार्वती बोहरा, सेफ हाउस मार्फत भएका गतिविधिबारे मंगलसेन महिला बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्ष मनकला न्यौपानेले प्रस्तुतीकरण राख्नुभएको थियो । कार्यक्रमको संचालन नगरपालिका संघसंस्था समन्वय शाखा प्रमुख होम साउदले गर्नुभएको थियो ।

Health office
Everest Incitute
Turmakhand RM
Leave A Reply

Your email address will not be published.