नेपाल लाईफ द्धारा मृत्यु दाबी रकम भुक्तानी


असोज १४ अछाम ।

नेपाल लाईफ ईन्स्युरेन्स कम्पनी लिमिटेड उपशाखा कार्यालय मंगलसेन अछामले मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । उपशाखा मार्फत बिमितको मृत्यु पश्चात मृतकका आफन्तलाई बिमा रकम भुक्तानी गरिएको हो ।


बिमित बान्नीगढी जयगढ गाउपालिका वडा नम्बर ६ दर्ना घर भई मंगला नेरा मावि वलिगाउका प्रधानाध्यापक रहेका बम बहादुर थापाको मृत्यु भएपछी मृत्यु दाबि रकम उहाँकी श्रीमती पार्वती थापालाई हस्तान्तरण गरिएको जनाइएको छ । मृतक थापाकी श्रमती पार्वतीलाई ९ लाख ६९ हजार बराबरको चेक उपशाखा प्रमुख पदम बहादुर थ्यायत र एजेन्सी म्यानेजर ईश्वर बहादुर रावलले हस्तान्तरण गर्नुभएको उपशाखाका कर्मचारी सनत न्यौपानेले मंगल खबरलाई जानकारी दिनुभयो ।
गत बैशाखमा २२ गते कोरोना संक्रमणका कारण मृत्यु भएका प्रधानाध्यापक थापाले नेपाल लाईफमा ८ लाख बराबरको बिमा गर्नुभएको थियो भने ४ वटा किस्ता रकम जम्मा गर्नुभएको थियो ।
